मदिरा बर्जित छ मुगुको लह गाउँ

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका– १३ लह गाउँमा मदिरा सेवन, बेखबिखन बर्जित छ । यस गाउँमा सामाजिक मान्यता, धार्मिक सहिष्णुताले लह गाउँमा मदिरा बेखबिखन बर्जित गरिएको हो ।

काला पथ्थर जस्तै देखिने अग्ला डाँडाको काखैमा रहेको लह गाउँ रोगभोग र अशीक्षाले थला परेको भए पनि उदाहरणीय गाउँका रुपमा परिचित छ । ४० वटा घरधुरी रहेको लह गाउँमा अन्य गाउँको तुलनामा लह गाउँले सकारात्कम सन्देश बोकेको छ ।

जहाँ लह गाउँमा कुनै पनि मदिरा सेवन र बेखबिखन गर्न पाइँदैन । मदिरा सेवन र बेखबिखन नगर्ने जिल्ला टोल–बस्ती सायद बिरलै भेटिन्छन् । त्यही बिरलै गाउँका रुपमा लह गाउँले आफ्नो परिचय कमाएको छ । लह गाउँमा सामाजिक मान्यता धार्मिक सहिष्णुताले मदिरा बेखबिखन परको कुरा मदिरा सेवन गरेर गाउँ जान जोकोहीलाई बन्देज छ ।

छायाँनाथ रारा नगरपालिका– १३ भित्र मात्रै ६ वटा गाउँ छन । लह गाउँबाहेक सबै गाउँमा मदिरा सेवन र बेखखिन गर्न पाइन्छ । यस गाउँमा सामाजिक मान्यता र धार्मिक परम्पराले पनि परापूूर्वकालदेखि गाउँमा मदिरा सेवन गर्न बन्देज रहेको स्थानीय विष्णुकली बढुवालले बताइन् । गाउँमा मस्टो देवीको पूजा गर्ने चलन छ । त्यसैले गाउँमा मदिरा बर्जित गरिएको हो ।

मस्टो देवीले मदिरा सेवन तथा बेखबिखन गरिए अनिष्ट हुने मान्यताले पनि मदिरा बर्जित गरिएको स्थानीयहरु बताउँछन् । छायाँनाथ रारा नगरपालिका– १३ लह गाउँबाहेक अरु गाउँमा मदिरा सेवन तथा बेचबिखन गरिए पनि लह गाउँमा पारीवारिक कलह अशान्तिका कारण सामाजिक तथा धार्मिक मान्यतालाई आत्मसात् गदै मदिरामुक्त गाउँ रहेको छायाँनाथ रारा नगरपालिका – १३ का वडाध्यक्ष विरबहादुर खड्काले बताए ।

प्रतिक्रिया