हेटौँडा बसपार्कमा घण्टाघर शिलान्यास

हेटौंडा । हेटौंडाको बसपार्क क्षेत्रमा निर्माण हुने ५२ फिट अग्लो ‘पारिजात घण्टाघर’को शिलान्यास भएको छ ।बसपार्क क्षेत्रलाई थप व्यवस्थित र आकर्षक बनाउनका लागि योजनाबद्ध गतिविधि सुरु गरेको हेटौंडा उपमहानगरपालिकाले १ करोड ५ लाखको लागतमा घण्टाघर निर्माण गर्न लागेको हो । उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले सोमबार सो घण्टाघरको शिलान्यास गरेकी हुन् ।
आगामी आर्थिक वर्षभित्र निर्माण सम्पन्न हुने घण्टाघरको निर्माणले बसपार्क क्षेत्रको सौन्दर्य बढ्ने हेटौंडा–१० का वडाध्यक्ष फुर्वा दोर्जे लामाले बताए ।

प्रतिक्रिया