डढेलो निभाउँदा घाइते भएका चार सैनिकलाई उपचारका लागि काठमाडौं लगियो

सुर्खेत । डोल्पामा डढेलो नियन्त्रणमा खटिएका चार जना नेपाली सेना गम्भीर घाइते भएका छन् । डोल्पाको ठूूलीभेरी नगरपालिका–३ मा रहेको मष्टा भवानी सामुदयिक वनमा लागेको डढेलो नियन्त्रणमा लिने क्रममा नेपाली सेनाका चर जना गम्भीर घाइते भएका हुन् ।

आइतबार दिउँसोदेखि डोल्पाको सदरमुकाम दुनै नजिकै रहेको ठूलीभेरी नगरपालिका–३ मा रहेको मष्टा भवानी सामुदयिक वनमा लागेको डढेलो अत्याधिक हावाहुरीका कारण नियन्त्रणभन्दा बाहिर गएको थियो ।

उक्त डढेलो नियन्त्रणको क्रममा देवीदत्त गुल्मबाट खटिएका १६ जनामध्ये १२ जना सामान्य घाइते भएको र उक्त डढेलोमा परी गम्भीर ३० वर्षीय विजय कोईराला, ३८ वर्षीय केसरबहादुर दर्जा मगर, २३ वर्षीय अशिस बुढा र २८ वर्षीय हेमन्त रावत रहेका छन् । गम्भीर घाइते भएकाहरुको थप उपचारका लागि सेनाको हेलिकप्टरद्वारा काठमाडौं लगिएको जिल्ला प्रहरीले जनाएको छ ।

आइतबार लागेको डढेलो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका थिए । तर, पुनः सोमबार सुकेको रुखको जराबाट आगो सल्किएपछि डढेलो नियन्त्रण बाहिर गएको डोल्पाका डीएसपी हरिकृष्ण केसीले बताए ।

अहिले जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीको कमाण्डमा प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा डढेलो निभाउने कार्य भइरहेको छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया