मुगुमा नुहाउन गएकी बालिकाको भिरबाट खसेर मृत्यु

मुगु । मुगुमा घरबाट नुहाउन गएकी एक बालिकाको भिरबाट खसेर मृत्यु भएको छ । छायाँनाथ रारा नगरपालिका–९ की मुर्मा गाउँकी अन्दाजी १२ वर्षीया भूमिका रोकायाको भिरबाट खसेर मृत्यु भएको हो ।

छायाँनाथ रारानगरपालिका– ९ स्थायी घर भएकी मृतक भूमिका आमा नन्दाकला रोकायासँग सदरमुकाम गमगढीस्थित न्युरोडमा भाडामा बस्दै आएकी थिइन् ।

बिहीबार बिहान साढे १० बजेतिर आफ्नो बस्ने कोठाबाट चैनखोलामा नुहाउनको लागि गएकी रोकाया छायाँनाथ रारा नगरपालिका–२ चैन खोला जाँदै गर्दा चैन भिरबाट खस्दा मृत्यु भएको उनका आफन्तले बताएका छन् ।

नुहाउन हिँडेकी भूमिका चैन भीरबाट ३० मिटर तलको गमगढी पिना सडकखण्डमा खसेकी थिइन । भिरबाट खसेकी भूमिकालाई तत्काल उपचारको लागि घटनास्थल आसपासमा रहेका सर्वसाधारण र नगरपालिकाको नगर प्रहरीले उद्धार गरी एम्बुलेन्समार्फत मुगु जिल्ला अस्पतालमा पुर्याए पनि अस्पताल पुगिसक्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया