‘राम्रो सेवा प्रवाह र कर्मचारीलाई अनुशासित बनाउन सरकारी कार्यालय अनुगमन’

सप्तरी । जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा बोदे बर्साईनमा रहेको सरकारी कार्यालयहरुको अनुगमन गरिएको छ । बोदे बर्साईन नगरपालिकामा रहेको इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालयलगायत विभिन्न सरकारी कार्यालयहरुको अनुगमन गरिएको हो ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाको नेतृत्वमा खटिएको टोलीले बोदे बर्साईनस्थित सरकारी कार्यालयहरुको अनुगमन गरेको थियो । जिल्लामा सुशासन, सेवा प्रवाहलाई चुस्तदुरुस्त, कर्मचारीलाई अनुशासित र मर्यादित बनाउनको लागि कार्यालयहरुको अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।

प्रशासन कार्यालयले आफ्नै कार्यालयबाट अनुगमनको सुरु गरेको थियो । थापाले भने, ‘प्रशासन कार्यालयमा कार्यरत कर्मचारीहरु पनि कार्यालयमा उपस्थित भएर पनि हाजीरी नगरेको समस्या आफूले पाएको प्रमुख जिल्ला अधिकारी थापाले बताए । ‘विभिन्न सरकारी कार्यालयमा गरिएको अनुगमनमा केही कर्मचारीहरुले कार्यालयको पोशाक नलगाएको, कार्यालयमा उजुरी पेटिका नभएको समस्या अधिकांश पाएको छु’, उनले भने ।

त्यस्तै कार्यालयमा अधिकांश कर्मचारीहरुले परिचय पत्र नलगाएको देखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पोशाक र परिचय पत्र नलगाएका कर्मचारीहरुको लागि पहिलो पटक कार्यालय प्रमुख र कार्मचारीलाई नै सचेत बनाइएको छ । दोस्रो चरणको अनुगमनमा पनि त्यस्ता कर्मचारी फेला परेमा कारबाही गरिने बताइएको छ ।

संयुक्त अनुगमन गर्ने क्रममा जिल्ला प्रहरी सप्तरीका प्रमुख एसपी गजु सिद्दी ब्रजाचार्य, राष्ट्रिय अनुसन्धान विभाग सप्तरीका प्रमुख एसपी सुरेन्द्र कोइराला, सशस्त्र प्रहरीका प्रहरी डिएसपी, इलाका प्रशासन कार्यालय बोदे बर्साईनका प्रमुख दिनेश कुमार राउत लगायतले संयुक्त अनुगमन गरेका थिए ।

प्रतिक्रिया