पर्साबाट औषधि र कपडासहित लाखौँ मूल्यको सामान बरामद

वीरगञ्ज । पर्सा प्रहरीले औषधिलगायत विभिन्न सामानहरु बरामद गरेको छ । प्रहरीले लाखौँ मूल्य बराबारको औषधिसहित कपडा तथा खुद्रा सामानहरु बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले औषधी, कपडा, खुद्रा, चिनी, र सुर्तीलगायत गरी ५० लाख १२ हजार १८० रुपैयाँ मूल्यको सामान बरामद गरेको छ ।

त्यसैगरी पर्साको वीरगञ्ज महानगरपालिका– १२ पावर हाउस चोकस्थित सडकखण्डबाट ना ८ ख ३५४९ नम्बरको ट्रकमा ४१ लाख ९३ हजार १० रुपैयाँ मूल्य बराबरका कपडा तथा खुद्रा सामानहरु बरामद गरी राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

त्यस्तै वीरगञ्ज महानगरपालिका– १६ रजतजयन्ती चोकस्थित सडकखण्ड हुँदै भारतबाट भन्सार छली तथा चोरी पैठारी गरी ल्याउँदै गरेको कपडा, चिनी, सुर्ती तथा औषधिलगायत गरी ८ लाख ७० हजार १७० रुपैयाँ बराबरको सामानहरु नियन्त्रणमा लिइ वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

प्रतिक्रिया