आठबिसकोट । आठबिसकोट महोत्सवको तयारी पुरा भएको छ । भोलि (बिहीबार) देखि सुरु हुने उक्त महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । कला सांस्कृति पर्यटन प्रवर्द्धन मञ्च रुकुम पश्चिमले जिल्लाको आठबिसकोटमा आठबिसकोट पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव २०८०–०८१ आयोजना गरेको हो ।
आठबिसकोटस्थित रंगशालामा यही चैत २२ गतेदेखि २ गतेसम्म महोत्सव सञ्चालन हुने आयोजकले जनाएको छ । बिहीबारदेखि सुरु हुने महोत्सवको पहिलो दिन स्थानीय कलाकारहरुको प्रस्तुतीसहित स्थानीय झाँकी प्रदर्शन हुने जनाइएको छ ।
महोत्सवको तयारी तीव्र रूपमा भइरहेको आयोजक समितिका संयोजक तुल देवकोटाले जानकारी दिए । करिब १०० वटा स्टल रहने महोत्सवमा विभिन्न स्थानीय उत्पादनका साथै कृषिलगायतको प्रदर्शनी रहेको देवकोटाले बताए । हामी पर्यटन विकास तथा जिल्लाको सांस्कृतिक विविधताको प्रदर्शनका लागि यो महोत्सवको आयोजना गर्दैछौँ’, उनले भने, ‘उद्योग वाणिज्य संघ आठबिसकोटसँगको साझेदारीमा यो महोत्सव सञ्चालन हुनेछ ।’
महोत्सवस्थलभित्र स्थानीय भेषभुषा, कला संस्कृति, खानपानलगायतको प्रददर्शनी गरिने सांस्कृतिक संयोजक देवकोटाले जानकारी दिए। पर्यटन र संस्कृति साथै स्थानीय व्यपारलाई समेत प्राथमिकतामा राखेर सञ्चालन हुने महोत्सवमा व्यवसायीक स्टलसमेत राखिने बताइएको छ ।
साथै महोत्सवमा स्थानीय र राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुतिसमेत रहनेछ । महोत्सवको व्यवस्थापनतर्फ मिलन परियारको भूमिका रहने जनाइएको छ ।
रुकुम पश्चिम
प्रतिक्रिया