मधेसको विकासमा युएनको उपस्थिति आवश्यक : डा.दत्त

जनकपुरधाम । मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले मधेसको दक्षिण क्षेत्रको विकासमा संयुक्त राष्ट्रसंघ र अन्तर्गतका निकायहरूको उपस्थिति अझ पनि आवश्यक रहेको बताएका छन् ।
नेपालका लागि संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधि हन्ना सिंगार हाम्डीसँगको भर्चुअल बैठकमा अध्यक्ष डा.दत्तले संयुक्त राष्ट्रसंघअन्तर्गत विभिन्न निकायहरूको मधेसका पिछडिएका क्षेत्रमा प्रभावकारी उपस्थिति बढाउन आग्रह गरेका छन् ।

सो बैठकमा धारणा राख्दै अध्यक्ष डा.दत्तले आयोग संयुक्त राष्ट्रसंघका निकायसँग सहकार्य गरी सचेतनामूलक तथा सीपमूलक तालिम आयोजना गर्न सदैव तयार रहेको समेत बताएका छन् । मधेसको विकासले मात्र देशको विकास सम्भव हुने बताउँदै अध्यक्ष डा.दत्तले सो विकासको निमित्त हामी सबै हातेमालो गरी अगाडी बढ्नुपर्ने अनुरोध गरेका थिए ।

बैठकका बोल्दै युएनका स्थायी प्रतिनिधि हन्ना सिंगर हाम्डीले यस्ता महत्वपूर्ण विषयमा आफूलाई ध्यानाकर्षण गराएकोमा अध्यक्ष डा.दत्तलाई धन्यवाद दिँदै यथाशीघ्र संयुक्त राष्ट्र संघको नेपालको कार्यालयले आयोगसँग सहकार्य गरी मधेसमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

प्रतिक्रिया