एमाले बाराको ११औँ अधिवेशन सुरु

कलैया । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बाराको ११औँ अधिवेशनको उद्घाटन गरेका छन् । उद्घाटनका क्रममा उनले अब पार्टी पहिलेको जसरी नचल्ने बताएका छन् ।
सोमबार बाराको कलैयामा आयोजित एमालेको ११आँै जिल्ला अधिवेशनको उद्घाटन समारोहमा बोल्दै नेता पोखरेलले सो कुरा बताएका हुन् । उनले देशमा बढेको अनियमिता, बेथिति, अत्याचार र विरोधको अन्त्यका लागि एमाले पार्टीलाई काम गर्न आग्रह गरेका थिए ।
उनले देशभरीका राजनीतिक शक्ति एकठाउँमा संगठित भएर एमाले पार्टीलाई किनारा लगाउन प्रयास गरेता पनि हामी जनताको चाहना अनुरूप जनताको लोकप्रिय पार्टी बन्न सफल भएकोे जानकारी गरएका थिए ।

पार्टीलाई मजबुत बनाउन जनताको घरघरमा पुगेर मिसन ८४ लाई सफल बनाउनसमेत उनले आग्रह गरेका थिए । उनले नेकपा एमालेको सरकारले अब बिकासको अगुवाइ गरी देशमा बढेको अनियमितता र अत्याचारको विरोधको काम गर्नेसमेत बताएका थिए । हुलाकी राजमार्ग २०औँ वर्षदेखि अलपत्र पर्दा मधेसी दलले गीत मात्र सुनाए तर केपी शर्मा ओलीको सरकारले चार अर्ब रकम निकासा गरी हुलाकी राजमार्ग निर्माण गरी जनताको अगाडि पस्केको बताउँदै पूर्व–पश्चिम राजमार्गलाई स्तरोन्नति गरी चार लेनको सडक निर्माणको काम भइरहेको बताए ।

कार्यक्रममा बोल्दै नेपाल सरकारका उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार विकासमन्त्री रघुवीर महासेठले नेकपा एमालेको सरकारले मात्र दुई वर्षमा ५ हजार ४ सय ९८ किलोमिटर सडक बनाई देशलाई नै चकित पारेको र आउने दिनमा सरकारले देशलाई समृद्ध बनाउने ठोकुवा गरेका थिए ।

कार्यक्रममा नेपाल सरकारका कृषि पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले पुरै देशमा मधेस प्रदेश पिछडिएकाले यहाँका किसानका सहुलियतका लागि विभिन्न ठाउँमा चिस्यान केन्द्र, सिँचाइको व्यवस्था र किसानहरूका लागि उचित बजारको व्यवस्थापन गरी किसानलाई समृद्ध बनाउने बताएकी थिइन् । दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौँ, जबजको मार्गदर्शन र समाजवादको आधार निर्माण गरौँ, भन्ने मूलनाराका साथ उक्त अधिवेशन सम्पन्न गर्न सबै पार्टी पंक्तिलाई आग्रह गरेकी थिइन् ।

उक्त कार्यक्रममा नेकपा एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेल, मधेस प्रदेशका भौतिक पूर्वाधार मन्त्री सरोज यादव, मधेस प्रदेश कमिटीका अध्यक्ष चन्देश्वर मन्डल, पोलिटब्युरो सदस्य एवं बारा निर्वाचन क्षेत्र नं. १ का निर्वाचित प्रतिनिधिसभा सदस्य अच्युत मैनाली लगायतले जिल्लाको ११औँ अधिवेशनको शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया