मुगुका ४७ वटा सामुदायिक वन नविकरणबिनै सञ्चालन

मुगु । हिमाली जिल्ला मुगुमा ४७ वटा सामुदायीक वन नविकरणबिनै सञ्चालनमा भएको पाइएको छ । जिल्लाभर ९५ वटा सामुदायिक वन समुदायमा हस्तान्तरण भएपनि ४७ वटा सामुदायिक वन नविकरणबिनै सञ्चालनमा भएको पाइएको हो ।

२०५२ सालदेखि विभिन्न मितिमा साविकको जिल्ला वन कार्यालय मुगु र डिभिजन वन कार्यालयबाट ९५ वटा सामुदायिक वन समुदायमा हस्तान्तण भए पनि ४८ वटा मात्रै नविकरण भएर सञ्चालनमा छन् भने ४७ वटा सामुदायिक नविकरणबिनै अवैधरुपमा सञ्चालनमा भएका छन् । छायाँनाथ रारा नगरपालिका भित्र ३३ वटा सामुदायिक वन छन् भने २४ वटा नविकरण भएका छैनन् ।

मुगुम कामारोङ गाउँपालिकाभित्र १३ वटा सामुदायिक वन भए पनि ३ वटा नविकरण भएका छैनन् । खत्याड गाउँपालिकाभित्र ३२ वटा सामुदायिक वन भए पनि १० वटा नविकरण भएका छैनन् । उता सोरु गाउँपालिकाभित्र १७ वटा सामुदायीक वन भए पनि अझै ६ वटा नविकरण भएका छैनन् । सम्रगमा जिल्लाभर ९५ वटा सामुदायिक वन भए पनि ४७ वटा सामुदायिक वन नविकरणबिना अवैध रुपमा सञ्चालनमा छन् भने ४८ वटा सामुदायिक वन मात्रै वैधानिक रुपमा नविकरण भएर सञ्चालनमा रहेको डिभिजन कार्यालय मुगुले जनाएको छ ।

मुगु जिल्लाभर १ लाख ८ हजार ६ सय ८९ हेक्टर वन क्षेत्रले ढाकेको छ । जसमध्ये १० हजार ९ सय ४०.८ हेक्टर सामुदायिक वन क्षेत्रले ढाकेको छ भने कबुलियती वन ४ सय १८.७५ हेक्टर रहेको छ । मुगुमा रहेका अधिकांश सामुदायिक वन २० वर्षदेखि नविकरण भएका छैनन् । सामुदायिक वन नविकरणको समय पाँच वर्षको हुन्छ । यो आर्थिक वर्षमा मात्र १० वटा सामुदायिक वनको नविकरण भएको डिभिजन कार्यालय मुगुले जनाएको छ ।

४७ वटा सामुदायिक वन अझै नविकरण हुन नसकेका सव डिभिज कार्यालय मुगुका कार्यालय प्रमुख अमरप्रसाद साहले जानकारी दिए । उनका अनुसार समुदायिक वन नविकरण नहुनुमा समुदायमा जनचेतनाको अभाव, सिमा विवादलगायतका समस्याले सामुदायिक वन नविकरण हुन सकेका छैनन् । वन नविकरणको लागि सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनले सहजिकरण गर्नुपर्ने भए पनि मुगुमा फेकोफनको व्यवस्थाका कारण समस्या भएको कार्यालय प्रमुख साहाले बताए ।

सामुदायिक वन नविकरणबिनै कार्य सञ्चालन जति पनि भएका छन् । त्यो सबै अवैध मानिन्छ । समुदायमा हस्तान्तण भएका तर लामो समयदेखि नविकरण नभएका वन राष्ट्रिय वन सरह हुने कार्यालय प्रमुख साहाले बताए । यसैबीच मुगुमा २९ वटा कबुलियती वन छन् ।

तर ती वन कुन अवस्थामा छन् अतोपत्तो छैन । सव डिभिजन कार्यालयमा कबुलियती वनको कुनै तथ्यांक नुहँदा कबुलियती वन २९ वटा छन् भन्ने छ । तर कुन अवस्थामा छन कार्यालय बेखबर छ । कारण पुराना दस्तावेज नहुदाँ कबुलियती वनको अवस्थाका बारेमा अनविज्ञ रहेको कार्यालय प्रमुख साहले जानकारी दिए ।

प्रतिक्रिया