बारा । नेपाल कम्युनिस्ट पार्टी एमाले बाराको ११औँ जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । एमाले जिल्ला कमिटीले आइतबार कलैयामा पत्रकार सम्मेलनको आयोजना गरी अधिवेशनको तयारी पूरा भएको जनाएको छ ।
पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन हुने बारा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य अच्युत मैनालीले जानकारी दिए ।
एमालेका जिल्ला अध्यक्ष विनोद साहको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा अधिवेशनलाई सभ्य र भव्य बनाउने दाबीसमेत गरिएको छ । अधिवेशनमा जिल्लाको चार वटै निर्वाचन क्षेत्रका गरी करीब आठ सय प्रतिनिधि सहभागी हुने जनाइएको छ ।
एमालेको भावी जिल्ला अध्यक्षको आकांक्षीमा कोल्हवी नगरपालिकाका पूर्वमेयर भरत भण्डारी, एमालेका जिल्ला सचिव अध्यानन्द पाण्डे, एम समिउल्लाह र उपाध्यक्ष टिना सुवेदी देखिएका छन् ।
प्रतिक्रिया