वीरगञ्ज । अनलाइनमार्फत ठगी गर्ने तीन चिनियाँ नागरिकलाई पर्सा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । अनलाइन लोटरी, अनलाइन सपिङजस्ता विभिन्न प्रकारको प्रलोभन देखाई नेपाली तथा विदेशी सर्वसाधारणलाई ठगी गर्दै आएको गिरोहलाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ ।
पर्सामा यस्ता गिरोह सक्रिय रहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले गरेको निगरानीका क्रममा यही चैत १७ गते वीरगन्ज–१५ मन नन्दु पटेलको घरमा खानतलासी गर्दा विभिन्न प्रकारका विद्युतीय सामग्री बरामद गरेको छ ।
प्रहरीले बरामद गरेको सामग्रीमा कम्प्युटर १२० थान, पासपोर्ट तीन थान, मोबाइल ३५ थान, भारतीय जिओ सिमकार्ड १३ थान, ल्यापटप चार थान, प्रिन्टर एक थान, विभिन्न बैंकहरूका एटिम कार्ड लगायतका सामग्री बरामद गरेको छ । यस्तै भारतीय नम्बर प्लेटको एक थान गाडी र मोटरसाइकलसमेत बरामद गरेको छ ।
प्रहरीले छापा मार्ने क्रममा विभिन्न देशका मुद्राहरू (मलेसियन ३७ रिंगिट, नेपाली, कम्बोडियन लगायतका पैसासमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया