सिरहा । सिरहाको विभिन्न परीक्षा केन्द्रहरुबाट मोबाइल र स्मार्ट वाच जफत गरिएको छ भने प्रश्नपत्रको गोपनियता भंग गर्ने एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
आइतबार एसइईको अनिवार्य गणित विषयको परीक्षामा जिल्ला प्रशासन कार्यालय सिरहाबाट अनुगमनको लागि खटिएको टोलीले विभिन्न परीक्षा केन्द्रहरुबाट मोबाइल १३१ थान र स्मार्ट वाच १८ थान जफत गरी प्रश्नपत्रपत्रको गोपनियता भंग गर्ने एक जनालाई नियन्त्रणमा लिएको हो ।
जिल्लाको सुखिपुर नगरपालिका– ७ स्थित श्री रजै मावि बलही परीक्षा केन्द्रबाट प्रश्नपत्रपत्रको गोपनियता भंग गर्ने पप्पु कुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गोलबजार नगरपालिका– १३ का १८ वर्षीय पप्पु कुमारले परीक्षा सञ्चालन भइरहेको बेला परीक्षा केन्द्र बाहिर कविता फोटो स्टुडियोमा गई प्रश्नपत्रपत्रको उत्तर लेखेर ३० प्रति फोटोकपी गरी प्रश्न पत्रको गोपनियता भंग गरिरहेका छन् भन्ने विशेष सूचनाको आधारमा सुरक्षार्थमा खटिएका प्रहरी टोलिले निजलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कर्यालय सिरहाले जनाएको छ ।
उनलाई इलाका प्रहरी कार्यालय महेशपुरपतार सिरहामा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय सिरहाले जनाएको छ ।
प्रतिक्रिया