मोटरसाइकल दुर्घटना हुँदा रौतहटमा एक युवकको मृत्यु

रौतहट । रौतहटमा आइतबार भएको सवारी दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत रौतहटको परोहा नगरपालिकाको लौकहा र बसन्तपट्टीको बिचमा भएको मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका युवक बौधिमाई नगरपालिका– ४ इनरवारीका २५ वर्षीय सुरेश पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा रहेको बिआर ३० यु ८७६७ नम्बरको होण्डा साइन र बीआर ०५ बी २८४० नम्बरको अपाची मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । उक्त दुर्घटनामा परी दुवै मोटरसाइकल चालक गम्भीर भएकोमा उपचारको लागि वीरगञ्ज पठाइएकोमा उपचारको क्रममा पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

दुर्घटनामा घाइते भएका अर्का मोटरसाइकल चालक परोहा नगरपालिका– १ जिगडवाका अलियाससहित दुई जनाको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक एलिजा गिरीले बताइन् ।

प्रतिक्रिया