अमलेखगञ्ज र चुरे क्षेत्रको सडक पुनः खाल्टाखुल्टी

बारा । पूर्वपश्चिम राजमार्गको पथलैया हेटौडा सडक खण्डअन्तर्गत आधाभार, अमलेखगञ्ज र चुरे क्षेत्रको सडक पुनः खाल्टाखुल्टी भएका कारण सवारी साधनहरूको आवतजावतमा कठिनाई भएको छ । अधाभारदेखि उत्तर सडक कतिपय स्थानमा भासिएर अग्लो र होचो हुँदा मोटरसाइकल लगायत साना गाडीहरूको आवतजावतमा कठिनाइ भएको हो ।

ठूला सवारी साधनले ओभरटेक गर्ने र पेलेर जाने भएका कारण दुर्घटना हुने गरेको छ । यस्तै खाल्डा खुल्डीसडक भएकोले गर्दा सबै भन्दा बढी मोटरसाइकल चलाउन गाह्रो हुने गरेको केदारभक्त पौडेलले बताए ।

‘सडक बिग्रेको छ, ठूला गाडीहरु स्पिडमा आउछ्न, गाडी नियन्त्रण हुँदैन त्यसमा पनि मोटरसाइकल नियन्त्रण गर्न गाह्रो भएर दुर्घटना हुने गरेको कछ । यस सडकमा धेरै जसो मोटरसाइकल लगायतका साधन दुर्घटना हुने गरेको बिशाल सराफले बताए ।

डिभिजन प्रमुख इन्जिनियर यादवले निकुञ्ज क्षेत्रभित्र धेरै भार बोकेका गाडीहरु बिस्तारै हिड्दा सडकको पिच भासिने गरेको बताए । सडकको क्षमता भन्दा बढि भार बोकेका गाडिहरु बिस्तारै गुडदा सडक भासिएको उनले जनका।ी दिए । निकुन्जले आफ्नो क्षेत्र भित्र सवारी साधनको गति सिमित गरेको छ ।

श्रोतको ब्यावस्थापन गरेर अब तत्काल सडक मर्मत गराउने डिभिजन प्रमुख यादवको भनाइ छ । मर्मत गर्दा पनी सधै जसो सडक भासिने गरेकोले यस्को कारण पत्ता लगाउनको लागि सिनियर इन्जिनियर पदम शाहिलाई विशेष जिम्मा दिएको र प्रतिबेदन आएपछी थप काम अगाडि बढाइने यादबको भनाइ छ ।

पथलैया अमलेखगञ्ज सडक खाल्डा खुल्डी बारा जिल्लामा एउटा उदाहरण मात्र हुन् । बारा जिल्लाको ग्रामिण भेगमा एक बर्षमै पिच गरेको बाटो ग्राभेल्मा परिणत हुने गरेको समेत छ । यस्तो हुँदा पनि राज्यले त्यहाँ काम गर्ने ठेकेदारलाई कारवाही गर्न नसक्दा राज्यको लगानी खेर गइरहेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

प्रतिक्रिया