जनजागृती माविको वार्षिक उत्सब सम्पन्न

अर्घाखाँची । भुमिकास्थान नगरपालिका–१० धन्चौरमा रहेको जनजागृती माध्यमिक विद्यालयले बिबिध कार्यक्रमसहित ६५ औं बाार्षिक उत्सब मनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै भुमिकास्थान नगरपालिकाका नगरप्रमुख झबिलाल थापाले बिद्यालय सबैको साझा मन्दिर भएकाले बिद्यालयको बिकासका लागि सबैको साझा दायित्व रहने भन्दै विशेष गरी अभिभावकले नियमित अनुगमन गर्नुपर्ने बताए ।

सम्पुर्ण सरोकारवालाहरुले आफ्नो कर्तव्य र जिम्मेवारी गहन रुपमा बहन गर्नुपर्ने भन्दै नगरप्रमुख थापाले बिद्यार्थी, अभिभावक र शिक्षकले नै बिद्यालयका समस्या, गुनासो प्रति जिम्मेवार भइ अगाडी बढ्नु पर्ने बताए । कार्यक्रममा नगरउपप्रमुख बालकृष्ण बन्जाडेले शिक्षाको गुणस्तर बिकासका लागि शिक्षक अभिभावक बिद्यार्थीले विशेष ध्यान दिनुपर्ने बताए । सबै सरोकारवाला एक भएर अगाडी बढ्नु पर्ने बताए ।

कार्यक्रममा कार्यबाहक वाड अध्यक्ष जनकलाल गैरे, बिद्यालय ब्यबस्थापन समितिका पूर्व अध्यक्ष रेमलाल भट्टराई, बिद्यालयका पूर्व प्रधानध्यापक प्रेमलाल शर्मा, कृष्णप्रसाद जोसी, सम्पुर्ण बिद्यालयको तर्फबाट जनसेबा आधारभुत बिद्यालयका प्रधानध्यापक हुमबहादुर घर्ती, अक्षयकोष दाता एबं पूर्व बिद्यार्थी डाक्टर धर्म भट्टराई, अक्षयकोष दाता बिशाल पान्डे, अभिभाव पबित्रा अधिकारीलगायतले सुभकामना दिएका थिए ।

उत्सवको अबसरमा पूर्व शिक्षक, कर्मचारीलाई सम्मान, विभिन्न अतिरिक्त क्रियाकलाप र कक्षागत रुपमा उत्कृष्टता हासिल गर्ने बिद्यार्थीलाई पुरस्कृत गरिएको थियो । बिद्यार्थीका विभिन्न सास्कृतिक प्रस्तुतिसहित सञ्चालक गरिएको कार्यक्रममा बिद्यालयको समग्र प्रगति प्रतिबेदन प्रधानध्यापक पिताम्बर खनाल र आर्थिक प्रतिबेदन कार्यालय सहायक रुद्र भट्टराईले प्रस्तुत गरेका थिए ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया