आठबिसकोटका ६६ भूकम्प पीडित परिवारले पाए अस्थायी आवास

आठबिसकोट । जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्र रुकुम पश्चिमको आठबिसकोटमा अस्थायी आवास हस्तान्तरण गरिएको छ । जिल्लाको आठबिसकोट नगरपालिका (१३ र १४ मा निर्माण सम्पन्न भएका अस्थायि आवास नगरपालिकालाई हस्तान्तरन गरिएको हो ।

कारितास अष्ट्रेलिया, कारितास अष्ट्रिया,मीजेरीयस नेपाल कारितास जर्मन र सीआरएस नेपालको आर्थिक सहयोगमा कारितास नेपाल र युवा जागरण विकास केन्द्र नेपाल (यार्सन) जाजरकोटको साझेदारिमा अस्थायि आवासहरु निर्माण गरिएको जनाईएको छ ।

आठबिसकोटको १३ नम्बर वडाको हम्पामा १८ वटा र वडा नम्बर १४ ओखरपाटा, सिरानी, बाँकेमा गरि ४८ सहित कुल ६६ वटा अस्थायि आवास हस्तान्तरन गरिएको हो ।

एक कार्यक्रबीचच आठबिसकोट नगरपालिकाका नगरप्रमुख रवी केसीलाई कारितास नेपालका प्रादेशिक व्यवस्थापक जनक शर्मा, सीआरएस नेपालका मिल अधिकृत गणेश भट्ट, यूवा जागरण विकास केन्द्र नेपाल (यार्सन) जाजरकोटका अध्यक्ष अमरसिंह राठौरले संयुक्त रुपमा हस्तान्तरन गरेका हुन् ।

नगरप्रमुख केसीले आवास घरधनीलाई हस्तान्तरन गर्दै संस्थाले निर्माण गरेका आवास नमुनका रुपमा रहेको बताए । उनले भने, ‘संस्थाले छिटो छरितो र राम्रो काम गरेका छन् ।’ उनले राहत सामग्रीदेखि अस्थायी आवास निर्माणसम्म सहयोगका लागि संस्थालाई धन्यवाद समेत व्यक्त गरे ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया