रौतहटबाट १७ किलो गाँजासहित एक जना पक्राउ

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका– ११ भैसहीबाट प्रहरीले लागुऔषध १७ किलो ५ सय ग्राम गाँजासहित एक जनालाइ पक्राउ गरेको छ ।

जिल्ला बारा गाविस बछनपुर्ब वडा नम्बर ६ मा जन्मघर भई रौतहटको फतुवा विजयपुर नगरपालिका– ११ भैसही टोल बस्ने प्रमेश्वर हजाराका छोरा ३७ वर्षीय दयालाल पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरिक्षक एलिजा गिरीले जानकारी दिइन् ।

पक्राउ परेका आफ्नो घरमा लागुऔषध गाँजा लुकाएर राखेको सूूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी दुधिअबाबाट खटिएको संयुक्त टोलीले पासवानको घर खानतलासी गर्दा लुकाई राखेको अवस्थामा १७ किलो ५ सय ग्राम गाँजा बारामद गरिएको प्रवक्ता गिरिले बताइन् ।

गाँजासहित पक्राउ परेका पासवानलाई इलाका प्रहरी कार्यालय लक्ष्मीनियामा राखेर थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता नायव उपरिक्षक गिरीको भनाई छ ।

प्रतिक्रिया