हेल्पिङ ह्यान्डद्वारा ‘रामबहादुर बिक बचाऔँ’ अभियानको रकम सार्वजनिक

मुगु । आर्थिक अभावले टाउकोमा गहिरो घाउ भएर रोग पाल्न बाध्य भएका रामबहादुर बिकको उपचारमा सहयोगका लागि हेल्पिङ ह्यान्ड मुगुले ‘रामबहादुर बचाऔँ’ अभियानमार्फत संकलन गरेको रकम सार्वजनिक गरिएको छ ।

मुगुको छायाँनाथ रारा नगरपालिका– १० तत्लेखगाउँका २६ वर्षीय रामबहादुर बिकको उपचारमा सहयोगका लागि संकलन गरेको रकम हेल्पिङ ह्यान्ड मुगुले सार्वजनिक गरेको हो । रोगी बिकको आर्थिक अवस्था नाजुक छ । रामबहादुरको टाउकोमा गहिरो घाउ छ ।

आर्थिक अवस्थाले वर्षैँदेखि रोग पाल्न बाध्य भएका बिक मुगुका युवाहरुको सहयोगमा अहिले काठमाडौंको विर अस्पातलमा उपचाररत छन् । मुगुमा हेल्पिङ ह्यान्डलगायतका युवाहरुले ‘रामबहादुर बचाऔँ’ अभियान सञ्चालन गरेर यति बेला आर्थिक संकलन गरिरहेका छन् ।

हेल्पिङ ह्यान्ड मुगु, मुगुका समाजसेवीलगायतका युवाहरुले समूह बनाएर राम बहादुर बचाऔँ अभियान सञ्चालनमार्फत देश तथा विदेशबाट आर्थिक रकम संकलन गरेका छन् । बिहीबार हेल्पिङ ह्यान्ड मुगुले हप्ता दिनसम्म रामबहादुर बचाऔँ अभियानको लागि संकलन गरेको आर्थिक रकम सार्वजनिक गरेको हो ।

मुगुलगायत देश तथा विदेशबाट उक्त अभियाको लागि हेल्पिङ ह्यान्ड मुगुको माध्यमबाट ९४ जनाले आफ्नो स्वइच्छाले रकम सहयोग गरेका र उनीहरुको हेल्पिङ ह्यान्ड मुगुले लिष्ट तयार गरेर नामसहित आर्थिक रकम सार्वजनिक गरेको हेल्पिङ ह्यान्ड मुगुका संयोजक नरेश भामले बताए ।

सो अभियानमा देश तथा विदेशबाट गरी दुई लाख १० हजार ६ सय ८९ रुपैयाँ संकल गरिएको र लिष्ट तयार गरी रामबहादुर बिकका दाजु बाच्याँ बिकको हातबाट आर्थिक रकम सार्वजनिक गरिएको संयोजक भामको भनाई छ । संकल भएको रकम रामबहादुर बिकको खातामा जम्मा गरिएको र हेल्पिङ ह्यान्ड मुगुले जनाएको छ ।

यसैबीच मुगुका समाजसेवी युवाहरुको समूूहले पनि उक्त अभियानका लागि आर्थिक संकलन गरेको छ । मुगुका युवाहरुको समूहले पनि दुई लाख १५ हजारसम्म आर्थिक संकलन गरेको र अबको केही दिनमा सार्वजनिक गर्ने समाजसेवी युवाका अभियन्ता अर्जुन शाहीले जानकारी दिए ।

प्रतिक्रिया