जगरनाथपुर– ५ मा सुविधासम्पन्न स्वास्थ्य चौकी भवन निर्माण सुरु

पर्सा । पर्साको जगरनाथपुर गाँउपालिका– ५ धरमपुर टोलामा सुविधासम्पन्न स्वास्थ्य चौकी भवन निर्माण कार्य सुरु भएको छ । यस्तै धरमपुर टोलमै नाला निर्माण कार्य पनि सुरु गरिएको छ ।

बुधबार पूर्वउद्योग वाणिज्य तथा आपूर्तिमन्त्री समेत रहेका पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य रमेश रिजालले स्वास्थ्य चौकी भवन र नाला निर्माण कार्यको एक साथ शिलान्यास गरेका हुन् । धररमपुरमा ४५ लाख रुपैयाँको लागतमा स्वास्थ्य चौकी भवनको निर्माण गर्न थालिएको हो ।

मधेस प्रदेश सरकारको २५ लाख र जगरनाथपुर गाँउपालिकाको २० लाख गरी कुल ४५ लाख रुपैयाँको लागतमा उक्त स्वास्थ्य चौकी भवन निर्माण गर्न लागिएको गाँउपालिकाका अध्यक्ष श्रीकान्त यादवले जानकारी दिए ।

यस्तै प्रदेश सरकारले दिएको ५० लाख र गाँउपालिकाको ९ लाख गरी कूल ५९ लाख रुपैयाँको लागतमा ३ सय १५ मिटर लम्बाइको पक्की नालाको निर्माण पनि गर्न लागिएको यादवले जानकारी दिए । स्वास्थ्य चौकी भवन र नाला दुवैको निर्माण कार्य उपभोक्ता समितिमार्फत गर्न लागिएको उनले बताए ।

गाउँपालिका अध्यक्ष यादवको अध्यक्षता तथा पूर्वमन्त्री रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न शिलान्यास कार्यक्रममा वडाध्यक्ष बिहारी महतो नुनिया, कांग्रेस नेता प्रेम थापा, शिक्षाप्रैमी लालदेव यादव लगायतको उपस्थिती रहेको कांग्रेसका युवा नेता मन्जय गिरिले जानकारी दिए ।

प्रतिक्रिया