जनकपुरधाममा बुधबार धुमधामसँग मनाइयो होली

धनुषा । मधेस प्रदेशको राजधानी जनकपुरधाममा बुधबार पनि धुमधामका साथ होली पर्व मनाइएको छ । मिथिला समाजमा खानपानसँगै संस्कृति पनि जोडिएको हुनाले परम्पराअनुसार जनकपुरधामवासीले होली मनाएका हुन् ।

मिथिला माध्यमिक परिक्रमाको भोलिपल्ट होली मनाउने चलन छ । होली मनाउने दिन मंगलबार परेको हुनाले बुधबार होली मनाइएको हो । जनकपुरधामको प्रसिद्ध श्री महावीर युवा कमिटीद्वारा बुधबार मट्काफोर कार्यक्रम गरेर होली मनाइएको छ । होलीका दहन गरेर होलीको सुरुआत गरिएको थियो भने बुधबार मट्काफोर गरेर समापन गरिएको छ ।

कार्यक्रममा ठूलोे संख्यामा स्थानीयको उपस्थित रहेको कमिटीले जनाएको छ । मंगलबार हनुमानजीको दिन भएकाले मांसहारी भोजन गरिँदैन होली मनाइएको छ । हिन्दूको महान् पर्व होलीको अवसरमा प्रेम, सद्भाव र भाइचारा कायम रहोस्, होलीको रंगजस्तै सबैको जीवन सधैँ रगीन रहोस् भन्ने कामनाका साथ होली बुधबार मनाइएको स्थानीयको कथन छ ।

प्रतिक्रिया