३ विद्यार्थी अयोग्य

अर्घाखाँचीमा एसइई परीक्षाको तयारी पूरा

अर्घाखाँची । आगामी चैत १५ देखि सञ्चालन हुन लागेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको जिल्ला शिक्षा विकास समन्वय एकाई प्रमुख मनिराम पराजुलीले बताएका छन् । जिल्लामा सञ्चालन हुने १७ वटा केन्द्रका केन्द्राध्यक्ष अभिमुखीकरण कार्यक्रममा बोल्दै एकाई प्रमुख पराजुलीले यस्तो बताएका हुन् ।

यस वर्ष अर्घाखाँची जिल्ला ७७ वटा सामुदायिक बिद्यालय, ६ वटा संस्थागत बिद्यायलय र १ खुल्ला बिद्यालय गरी ८४ वटा बिद्यालयका बिद्यार्थी परीक्षामा सहभागी हुँदै छन् ।

परीक्षामा नियमिततर्फ छात्रा १ हजार ५ सय ४८ छात्र १ हजार ३ सय ७० गरी जम्मा २ हजार ९ सय १८ जना ग्रेड वृद्धि तर्फ छात्र २७ छात्रा २७ गरी जम्मा ५४ नियमित र ग्रेडवृद्धि गरी जम्मा २ हजार ९ सय ७२ जना जना बिद्यार्थी सहभागी हुने छन् ।

परीक्षामा जिल्लाभरबाट ३ जना बिद्यार्थी उतm परीक्षामा सहभागी हुन अयोग्य भएका छन् । जनजागृती माबि सिद्धाराका २ जना र लापे माबि लापेका १ जना बिद्यार्थी ७५ प्रतिशत हाजिरी नभएका कारण परीक्षा दिन अयोग्य भएको एकाई कार्यालयले जनाएको छ ।

सोही बिद्यार्थी संख्या मध्ये प्राबिधिक धारका शान्ती माध्यमिक बिधालय बाँगीका १८ जना कम्प्युटर ईन्जिनियरिङ्ग,बिरेन्द« माबि मरेङ्गका २१ जना ईलेक्ट्रिकल इन्जिनियरिङ्ग,हरिहर मावि पोखराथोकका १६ जना बाली बिज्ञान,सरस्वती माबि भगवतीका १६जना सिभिल ईन्जिनियरिङ्ग,जनताकृष्ण माबि किमडाँडाका २४ जना बाली बिज्ञानका जम्मा छात्र ४४ छात्रा ६१ गरि कुल १ सय ५ जना बिधार्थीहरू समेत परीक्षामा सहभागी हुने जिल्ला शिक्षा विकास समन्वय एकाई अर्घाखाँचीले जनाएको छ ।

जिल्लाका १७ केन्द्र र सोही बमोजिमका १७ जना केन्द्राध्यक्षहरू तोकिएको छ । उनीहरूलाई लाई केन्द्राध्यक्षको जिम्मेवारी तोकी अभिमुखीकरण गराइएको छ ।
अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले कहिले काहि सिप र बिवेक हुदाँ हुदै पनि कमजोरी हुने हुदाँ सवै केन्द्राध्यक्षहरू सजक र सतर्क हुनेपर्ने बताए ।

प्रजिअ ढकालले भने, ‘प्रत्येक दिन परीक्षा सञ्चालन भई उत्तरपुस्तिका प्रहरी चौकीमा गई रुँजु नहुदाँसम्मको सम्पूर्ण कामको जिम्मेवारी गहनपुर्वक केन्द्राध्यक्षले नै लिनु पर्ने हुन्छ, परीक्षा स्वच्छ, मर्यादित, शान्त वातावरणमा गर्नुपर्ने दायित्व सवै सरोकारवालाको हुन्छ, बिद्यार्थीलाई ढुक्क, निर्भिक बातावरणमा लेख्ने बातावरण हुनुपर्छ, सहायक केन्द्राध्यक्ष, निरिक्षक कसैले रोजेर र भनेको ठाउँमा दिदाँ कुनै नियत पनि हुनसक्छ त्यसो गर्नु हुदैन, अनुगमनका लागि आवश्यकता भन्दा धेरैलाई गर्न दिदाँ समस्या हुन सक्छ, त्यसमा सवै सचेत र सजक हुन जरुरी छ ।’

अभिमुखीकरण कार्यक्रममा परीक्षा सञ्चालन गर्दा ध्यान दिनुपर्ने बिषयको बारेमा केन्द्राध्यक्षलाई जानकारी दिदै परीक्षा सञ्चालनका लागि १७ केन्द्राध्यक्ष, २० सहायक केन्द्राध्यक्ष १४८ जना निरिक्षक, सहायक कर्मचारी ३१ जना र ६० जना कार्यालय सहयोगि तोकिएको समन्वय एकाई प्रमुख मनिराम पराजुलीले बताए ।

केन्द्राध्यक्ष अभिमुखीकरण कार्यक्रम प्रमुख जिल्ला अधिकारी कमलराज ढकालको अध्यक्षता, सहायक प्रमुख जिल्ला अधिकार मेघनाथ पाध्य, सेनानी महेश्वर थापा, प्रहरी नायव उपरिक्षक प्रतितसिंह राठोर, सशस्त्र प्रहरी निरिक्षक केशवराज भट्टराई लगायतको सहभागिता रहेको थियो ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया