पर्साको पोखरियाको अनुहार फेर्न नगर सहरीकरण योजना अगाडि बढ्दै

पोखरिया नगरपालिकाको वडा–१, २, ३, ४, ५ र ९ नम्बर वडालाई समेट्ने गरी यो योजना अगाडि बढाइएको उनले बताए । यस योजनाअन्तर्गत निर्माण हुने सहरभरीमा कम्तीमा एक हजार घर परिवार अटाउने व्यवस्था मिलाइएको छ । सरकारी सेवा सुविधा, बिजुली बत्ती, खानेपानी, विद्यालय लगायतका सुविधा सहितको चिटिक्क परेको व्यवस्थित सहरको निर्माण थालिएको अधिकृत श्रीवास्तवले जानकारी दिए ।

पवन यादव

कसलाई सुन्दर पहिरनमा सज्जिन र आकर्षित सुविधा सम्पन्न घरमा बस्न मन लाग्दैन ? खाना खाजाका परिकार पनि मिठै चाहिन्छ । त्यसमा पनि भेराइटी थरिथरिका । घर पनि दुलही झैँ सिंगारिएको होस् । घरवरिपरि फलफूल तथा फूलको बगैँचा निर्माण भएको होस् । बिहान उठ्ने बित्तिकै शुद्ध हावापानी प्राप्त होस् । वरिपरिको वातावरण सफा सुग्घर, चिटिक्क र सन्तुलित रहोस् । घरमा नोकरचाकर होस् । बसीबसी आराम र मस्तीले जिन्दगीको गाडी अघि बढिरहोस् । यस्तो चाहना राखेर सबैले ऐस–आरामसँग बाँच्न इच्छा जाहेर गर्छन् । तर सामाजिक, आर्थिक असमानताका कारण मनको इच्छा पूरा गर्न सक्दैनन् । सकस र अभावमा जिन्दगी बिताउन वाध्य छन् । यस्तै परिकल्पना गरेर पर्साको पोखरियामा नयाँ सहरको निर्माण योजना पोखरिया नगरपालिकाकै पहलमा अगाडि बढिरहेको छ । पोखरिया नगरपालिकाको मुहार फेर्न एकै ठाउमा सुन्दर, व्यवस्थित र सुविधा सम्पन्न सहर निर्माण गर्न थालिएको हो ।


पुरानो पोखरियाको अनुहार फेर्न नगर सहरीकरण योजनालाई प्राथमिकतामा राखेर नगर सहरीकरणको काम अगाडि बढाइएको पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवले जानकारी दिए ।
पोखरिया नगरपालिकाका जनताले विश्वास गरेका मेयर प्रद्युम्न चौहानकै विशेष पहलमा सहरीकरण योजना अगाडि बढाइएको उनले बताए ।


पोखरिया नगरपालिकाको वडा–१, २, ३, ४, ५ र ९ नम्बर वडालाई समेट्ने गरी यो योजना अगाडि बढाइएको उनले बताए । यस योजनाअन्तर्गत निर्माण हुने सहरभरीमा कम्तीमा एक हजार घर परिवार अटाउने व्यवस्था मिलाइएको छ । सरकारी सेवा सुविधा, बिजुली बत्ती, खानेपानी, विद्यालय लगायतका सुविधा सहितको चिटिक्क परेको व्यवस्थित सहरको निर्माण थालिएको अधिकृत श्रीवास्तवले जानकारी दिए ।


‘नयाँ निर्माण हुन लागेको सहरले पोखरियालाई देश विदेशमा चिनाउन मद्दत गर्छ’, उनले भने, ‘यसले यहाँको आकर्षण मात्र बढाउने काम गर्दैन यहाँका मानिसको लाइफ–स्टाइलमा ठूलो परिवर्तन ल्याउँछ ।’ नगर सहरीकरण आयोजना पोखरिया नगरपालिकाकै गौरवको आयोजना भएको उनले स्पष्ट पारे ।


यसको लागि नगरपालिकाले आयोजनाको नाममा ५८ बिघा ११ कठा जग्गा मध्ये केही ल्याइसकिएको र केही ल्याउने प्रक्रियामा रहेको उनले जानकारी दिए । जसमध्ये १९ बिघा जग्गा नगरविकास आयोजनाले खरिद गरिसकेको अवस्था छ । बाँकीको जग्गालाई त्यस क्षेत्रका व्यक्तिको जग्गाबाट कम्तीमा ३० प्रतिशत जग्गा अधिग्रहरण गरिएको जनाइएको छ । कुल जग्गाको पाँच प्रतिशत अर्थात अढाइ बिघा जग्गा अझै अपुग रहेको उनले बताए ।


नगर सहरीकरण आयोजनालाई अगाडि बढाउन नगरपालिकाबाट इन्जिनियरको नेतृत्वमा प्राविधिकहरू खटाइसकिएको उनले बताए । प्राविधिकहरूले उक्त जग्गामा कम्तीमा आठ धुरको प्लट तयार गर्ने काम गरीरहेका छन् ।
आयोजना हेर्ने इन्जिनियर सुमित यादवका अनुसार, नगर सहरीकरण आयोजना सञ्चालित जग्गामा ६ मिटर, आठ मिटर र १५ मिटरको बाटो, प्रतिकित्ता ३० देखि ५० फिट बेस दिइएको छ ।


घर निर्माण गर्न पहिलो चरणमा पाँच सय कित्ता बिक्री गर्ने लक्ष्य छ । मातहतमा ल्याइसकिएको जग्गामा कम्तीमा तीन सय घर निर्माण हुने इन्जिनियर यादवले बताए । योजनाअन्तर्गत एक हजार घर बनाउने लक्ष्य छ । अहिले घर बनाउने मापदण्ड बनाउने काम भइरहेको उनले जानकारी दिए ।


विगत ४० वर्षदेखिको आयोजना अहिले आएर सुरु भएको उनले जानकारी दिए । विदेशी फन्डबाट कोलोनी हाउजिङ प्रोजेक्ट भित्रको कुल जग्गाको पाँच प्रतिशत जग्गा खुल्ला चौर रहने उनले जनाए । उनका अनुसार, यो कोलोनी अर्थात सहरीकरण योजनाभित्र स्कुल, कलेज, सभागृह, बसपार्क, नगरभवन, स्वास्थ्य सेवा, मालपोत, लगायतका सेवा उपलब्ध हुने बताइएको छ ।

प्रतिक्रिया