‘सुपादेउराली मन्दिर सार्ने समाचार भ्रामक’

गलत समाचार संप्रेषण नगर्न मन्दिर संरक्षण समितिको आग्रह

अर्घाखाँची । मनले चिताएको पुग्ने धार्मिक विश्वास रहेको सुपादेउराली मन्दिर अर्घाखाँची जिल्लाको मात्र देशकै प्रसिद्ध धार्मिकस्थलको रूपमा चितपरिचित छ । गोरुसिंगेबाट सन्धिखर्क सडक खण्डको सन्धिखर्क नगरपालिका र शीतगंगा नगरपालिकाको सिमानमा अवस्थित रहेको उक्त मन्दिर सोही ठाउँबाट सार्न लागेको भनी गलत समाचार सम्प्रेषण भएपछि मन्दिर संरक्षण समितिले सोमबार बिहान उक्त समाचारको पत्रकार सम्मेलन गरी खण्डन गरेको छ ।

सुपादेउराली मन्दिर सार्न लागेको भन्ने समाचार र भिडियो पोस्ट गरिएकोमा मन्दिर समितिले उक्त समाचार निराधार भएको बताएको हुँदा लाखौँको आस्थाको धरोहरमा पर्न गएको आघात प्रति क्षमा गाग्दै सम्बन्धित मिडियाले भिडियो र सामाचार हटाउनुका साथै अगामी दिनमा थप संवेदनशील हुनेसमेत जनाएको छ ।

मन्दिर संरक्षण समितिका अध्यक्ष फर्सबहादुर केसीले मन्दिर कहीँ कतै सार्ने कुरा गलत र भ्रामक भएको हँुदा गलत समाचारका पछाडि नलाग्न सबैलाई आग्रह गरे । भ्रामक समाचारका कारण आफूहरूले धेरै कुराहरू सिक्न पाएको भन्दै मन्दिरका साधारण सदस्यसहित मन्दिरका सरोकारवाला सबैले अब अझै धेरै मन्दिरको विकास बिस्तारका साथै सबैलाई आकर्षण गर्न चौतफी रूपमा लाग्ने अध्यक्ष केसीले बताए ।

देशभर सुपादेउरालीको महिमा दिनप्रतिदिन बढ्दै गइरहेको बेला यस्ता गलत समाचारले धार्मिक आस्थाको केन्द्रमा आँच पुग्ने भन्दै उक्त घटनाको विज्ञप्तीमार्फतसमेत खेद प्रकट गरेको मन्दिर संरक्षण समितिका सचिव हरि खनालले बताए ।

सत्य, तथ्य र बास्तविकता नबुझी समाचार सम्प्रेषण गर्दा पुग्ने असरप्रति सबै सचेत हुनुपर्ने भन्दै गलत कुराको आफूहरू पत्रकार नै भए पनि नछोड्ने भन्दै सुपादेउरालीको बिकास, बिस्तार र संरक्षणमा पत्रकार महासंघको सधँै साथ, सहयोग रहने पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालेले बताए ।

पत्रकार सम्मेलनमा सन्धिखर्क नगरपालिका–७ का अध्यक्ष चुरा केसी शीतगंगा–२ का अध्यक्ष रामबहादुर गोर्खाले उक्त भ्रमित र गलत समाचारको खण्डन गर्दे उक्त कार्यको खेद प्रकटसमेत गरेका छन् ।

राष्ट्रिय तथा तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरूले सुपादेउरालीको दर्शन गर्ने गरेका छन् । कुनै समस्या परे भाकल गरे समस्या टर्ने धार्मिक विश्वास रहेकोले यसप्रतिको आस्था र विश्वास अनी महत्व दिनप्रतिदिन फैलिँदै गएको छ । मनोकामना पूरा होस् भन्दै पूजाआजा गर्ने र भाकलसमेत गरी पाठा काट्ने र परेवा उडाउनेसमेतको सुपादेउराली मन्दिरमा भक्तजन र दर्शनार्थीहरूको बढी भिड लाग्ने गर्दछ । ठाउँ साँघुरो भए पनि सबै दर्शनार्थीले मर्यादित र सहज ढंगले पूजाआजा गर्ने बलि दिने, परेवा उडाउने कार्य गर्न पाउँछन् । भेटी र चन्दा रकमलाई पारदर्शी गरी कोषमा राखेको र उक्त रकमले विद्यालय, भौतिक पूर्वाधार, दुःखी गरिबको सेवा, साथै सामाजिक कार्यमा खर्च गरेको मन्दिर संरक्षण समितिले जनाएको छ ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया