फिदिम नगरपालिका– २ मा ८७ थान विद्युतीय चुल्हो वितरण

पाँचथर । जिल्लाको फिदिम नगरपालिका– २ मा वडाले उपभोक्तालाई ८७ थान विद्युतीय चुल्हो वितरण गरेको छ । आइतबार नगरपालिकाको बजेटमार्फत उक्त चुल्हो ५० प्रतिशत अनुदानमा एक हजार ९८० मा एक थान विद्युतीय चुल्हो उपभोक्ताले पाएका हुन् ।

२ नम्बर वडामा ८७ जनाले चुल्होको माग सिफारिस गरेका र वितरण गरेका थिए । उक्त चुल्हो वडाध्यक्ष दिननाथ अधिकारीले हस्तान्तरण गरेका छन् । नगरपालिकाभित्र ग्यासको खपत कम गर्न र किचनमा गृहणीलाई सहजताका लागि यस वर्ष चुल्हो वितरण गरिएको नगरपालिका प्रमुख मित्रप्रसाद काफ्लेले बताए ।

सो चुल्हो बुझ्दै गृहणी सिता बोहोराले नगरपालिका र वडाले राहत दिएसँगै खाना पकाउन अब सहजता हुने बताइन् । २ नम्बर वडाले यही आर्थिक वर्षमा उन्नत जातका सुन्ला, कागतीका बिरुवाहरु वितरण गर्ने लक्ष्य राखिएको वडा सदस्य नविन ओझाले जानकारी दिए ।

प्रतिक्रिया