बिजुलीको पोल ढल्दा करेन्ट लागेर लालुमा दुई जनाको मृत्यु

कालिकोट । नरहरिनाथ गाउँपालिका– ८ लालुमा बिजुलीको पोल ढल्दा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

एक महिनाअघि राष्ट्रिय प्रसारण लाइन पुगेको लालुमा शनिबार बिहान घर नजिकै पोल ढल्दा करेन्ट लागेर नरहरिनाथ– ८ लालुका ४३ वर्षीय केशव थापा र २५ वर्षीय गंग थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । केशव स्थानीय मंगलासैनी माविका शिक्षक हुन् भने गंग कृषक हुन् ।

बिजुलीको पोल व्यवस्थित नगरिएकाले ढलेर ज्यान गएको मंगलासैनी माविका शिक्षक पंखबहादुर विष्टले बताए । घटनाबारे जानकारी आएपछि इलाका प्रहरी कार्यालय कुमालगाउँबाट प्रहरी निरीक्षक प्रकाश केसीको नेतृृत्वमा प्रहरी टोली घटनास्थल पठाइएको जिल्ला प्रहरी कार्यालयका कालिकोटले जनाएको छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया