मधेस । रौतहट जिल्लाको मौलापुरमा आयोजना भएको मधानी महोत्सवमा बलिउड सुपर स्टार गाेविन्दालगायतका कलाकार बेजोड प्रस्तुती दिएका छन् । प्रस्तुति हेर्न ठूलाे संख्यामा दर्शकहरूकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रमलाइ सम्बाेधन गर्दै गाेविन्दाले आफूलाई गाेविन्दबाट गाेविन्दा बनाएकोमा धन्यवाद व्यक्त गरेका थिए ।
माैलापुर पुरातात्त्विक महादेव मन्दिरमा शिवरात्रीकाे दिन पुजा गर्न पाउँदा आफू साैभाग्यशाली रहेकाे उनले बताए । साथै आफूलाई महाेत्सवमा आमन्त्रण गरि दिनु हुने नगर प्रमुख रिनाकुमारी साहलाई धन्यवाद ज्ञापन गरे ।
त्यस्तै, नेपाली अभिनेता पल शाह पनि मौलापुरमा आयोजना भएको मधानी महायज्ञमा सहभागी भएका थिए । आज शुक्रबार फागुन २५ गते मौलापुर नगरपालिकाको आयोजनामा मधानी महोत्सवको उद्घाटन समारोहमा नेपाली र भारतीय चर्चित कलाकारहरुको जोडदार प्रस्तुती रहेको थियो ।
मधेशमा मनाइने भगवान शिवको विशेष अनुष्ठानको रुपमा रहेको मधानी महोत्सवको विश्वव्यापी प्रचार गर्न पुरातात्विक महादेव मन्दिर पतौराको प्राङ्गणमा हरेक वर्ष नगरपालिकाले महायज्ञको आयोजना गर्दै आएको छ । पुरातात्त्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचिमा सुचिकृत गराउने उदेश्यले प्रत्येक वर्ष महाेत्सव आयाेजन हुँदै आएकाे छ । यस वर्ष पाँच दिनसम्म मधानी महाेत्सव आयाेजन गरिने छ ।
उदघाटन कार्यक्रमको अध्यक्षता मौलापुर नगरप्रमुख रिनाकुमारी साहले गरेकी थिइन्, भने प्रमुख अतिथिकाे रूपमा आम जनता पार्टीका अध्यक्ष एवम् सांसद प्रभु साह रहेका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले सहजीकरणा गरेका थिए ।
महोत्सवमा भोजपुरी नायिका निलम गिरि, बिनय बिहारी, सुनिल पंण्डित, प्रिति पासवान लगायतका कलाकारहरू सहभागी भएका थिए । फागुन २६ गते अन्तर्राष्ट्रीय दंगल प्रतियोगिता समेत हुने आयाेजक माैलापुर नगरपालिकाले जनाएको छ । जसमा चर्चित महिला कुस्ती खेलाडी बबिता फाेगाट लगायतका पहमानहरू सहभागी हुने छन् ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया