लालबन्दी । केन्द्रमा भएको सत्ता समिकरण परिवर्तनले आफुलाई निरास तुल्याएको सर्लाहीको लालबन्दी नगरप्रमुख (मेयर) बासुदेव अधिकारीले बताएका छन् । सरकारमा रहेका दलको गठबन्धन परिवर्तनले आफुहरुले आस गरेका मन्त्रीहरु पनि पदमुक्त भएपछि आफु निरास भएको उनले बचाए । मेयर अधिकारीले त्रिभुवननगरदेखि दुम्जा जोड्ने सडक, ऐलानी जग्गालाई लालपुर्जा वितरणको काम, भोर्लेनीमा बन्न लागेको कृषि क्याम्पस, स्वास्थ्य लगाएतका क्षेत्रमा लालबन्दी नगरपालिकाको दिर्घकालिन योजनालाई यो समिकरण परिवर्तनले असर पु¥याउने दाबि गरेका छन् ।
बिशेष गरी खानेपानी मन्त्री महिन्द्र राय यादव, भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री लगाएतसँग आफूले आस रहेकोमा सरकारको समिकरण परिवर्तनले त्यसमा असर पु¥याउने उनको ठम्याइँ छ । आफुहरुले ती मन्त्रालयमै पुगेर नगरको योजनाको ब्रिफिङ मन्त्री र सचिव सामु गरेकोमा अब बन्ने नयाँ मन्त्रीहरुलाई फेरी पनि बुझाउनुपर्ने र त्यसो गर्दा बन्नै लागेको काम समेत रोकिने वा ढिलो हुने खतरा रहेको मेयर अधिकारीको बुझाई छ ।
जिल्लाका २० स्थानिय तहमध्य सबैभन्दा पाको र परिपक्व मेयरको रुपमा परिचित मेयर अधिकारीले स्वास्थ्य, शिक्षा, खानेपानी, सडक लगाएतका योजनालाई प्राथमिकतामा राखेर अघि बढेको पटक पटक बताउने गरेका छन् । फलस्वरुप केहि समय अघि मात्रै स्वास्थ्य केन्द्रबाट स्तरोन्नती गरिएको लालबन्दी नगर अस्पतालमा सल्यक्रिया बिधि (सिएस) बाट प्रसुति गराउने सेवा सफल रुपमा सुरु भएको छ । कृषि क्याम्पस, नेपाल भारत सिमा त्रिभुवननगरदेखि दुम्जा जोड्ने सडक, स्वास्थ्य सेवा सुधार लगाएतका क्षेत्रमा मेयर अधिकारीले गरेको थालनी र अगुवाईलाई धेरैले प्रसंसा गरेका छन् ।
नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेससहितको दलको समर्थनमा बनाएको सत्ता समिकरण परिवर्तन गर्दै नेकपा एमाले, रास्वपा लगाएतको दललाई आफ्नो समिकरणमा समाहित गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को सो कदमपछि बिभिन्न मन्त्रीहरु पदमुक्त भएका छन् । भने नयाँ मन्त्रीहरु थपिने क्रम जारी छ ।
सर्लाही
प्रतिक्रिया