फिदिममा राप्रपाको ४० बुँदे माग केन्द्रित आन्दोलनको अनुशिक्षण

पाँचथर । फिदिममा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला पाँचथरले सरकारसमक्ष ४० बुँदे मागको विषयमा अनुशिक्षण कार्यशाला सम्पन्न गरेको छ । उक्त कार्यक्रममा राप्रपा केन्द्रिय सदस्य होम गौतमले प्रशीक्षण दिएका थिए ।

प्रशीक्षण केन्द्रिय कार्ययोजना अनुसार जिल्लाका सबै नगरपालिकासहित गाउँपालिका र वडाहरुमा फागुन २८ गतेभित्र प्रशीक्षण सञ्चालन गरिसक्न टोली गठन गरिएको छ । बिगतमा राप्रपाले सरकारलाई ४० बुँदे मागपत्र प्रमुख जिल्ला अधिकारी (सिडिओ) मार्फत बुझाएको केन्द्रिय सदस्य दाइ मानदेव केरुङले जानकारी दिए ।

उक्त आन्दोलन केका लागि ? संवैधानिक राजतन्त्र, वैद्धिक सनातन हिन्दू अधिराज्य, जनप्रतिनिधिको संख्या कटौती, संवैधानिक अंगमा राजनीतिक भागवण्डा अन्त्य, सरकारी वेतनधारी तथा पेशागत दलीय भातृसंगठनको खारेजीलगायत ४० बुँदे मागपत्र सरकारलाई बुझाइसकिएको केन्द्रिय सदस्य केरुङले बताए ।

उक्त मागप्रति आन्दोलन आगामी चैत १६ गतेदेखि काठमाडौंमा हुने राप्रपा पाँचथरले जनाएको छ । आन्दोलनको तयारीका लागि चैत ७ गते जिल्ला–जिल्लाबाट लाग्नेसमेत राप्रपाले जनाएको छ । यसपालीको आन्दोलनका विषयमा केही पार्टी तथा मुद्दा मिल्ने समूहसँग एकाकार हुने समेत बताइएको छ । सो आन्दोलनमा देशका केही जिल्लाबाट एक लाख जनसहभागिता जुट्ने केरुङले दाबी गरे ।

प्रतिक्रिया