एपीएफ फुटबल क्लब कारबाहीमा, ११ हजार जरिवाना

काठमाडौं । एपीएफ फुटबल क्लबलाई झापा गोल्ड कपले कारबाही गरेको छ । यही फागुन २१ गते बागमती युवा क्लबसँगको खेलमा एपीएफले जर्सी र रङसम्बन्धी नियम उल्लंघन गरी झापा गोल्डकपको गरिमामा आँच पुर्‍याएको ठहर गर्दै कारबाही गरिएको हो । एपीएफलाई ११ हजार जरिवानासहित कारबाही गरिएको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया