गम्भीर समिक्षापछि कम्युनिष्ट पार्टीको एकता सुरुवात : पूर्वसभामुख सापकोटा

काभ्रे । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वसभामुख अग्नी सापकोटाले गम्भीर समिक्षापछि पुनः कम्युनिष्ट पार्टीहरुको एकताको सुरुवात भएको बताएका छन् ।

सहिद सप्ताहको अन्तिम दिन सोमबार बनेपामा नेकपा (माओवादी केन्द्र) काभ्रेमा आबद्ध जनवर्गीय संगठनले आयोजना गरेको सहिद परिवार सम्मान तथा व्यवस्था परिवर्तनमा वलिदानको महत्व विषमा भएको अन्तरक्रिया कार्यक्रममा सापकोटाले सो कुरा बताएका हुन् ।

‘हामीले हिजो कम्युनिष्ट एकतालाई रक्षा गर्न सकेनौँ, गम्भीर समिक्षापछि आज कम्युनिष्ट पार्टीहरुको एकता सुरुवात गरेका छौँ’, पूर्वसभामुख सापकोटाले भने, ‘त्यसकै सुरुवात स्वरुप नयाँ सरकार बनेको छ, अहिले सानो मन्त्रीमण्डल विस्तार हुनेछ ।’

सापकोटाले विचारमा सबैभन्दा शक्तिशाली माक्र्सवाद भएको बताए । माक्र्सवाद भन्दा ठूलो विचार ब्रमाण्डमा हुनै नसक्ने उनको भनाई छ । अब नेपालमा वैचारिक पुर्नगठन, राजनीतिक पुर्नगठन, सांगाठनिक पुर्नगठन र सांस्कृतिक पुनर्गठन हुनुपर्ने पनि उनले बताए । पुजिवादको अन्त्य गर्नुपर्ने पनि सापकोटाले बताए ।

प्रतिक्रिया