पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्षमा शिवसागर शर्मा निर्वाचित

काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्षमा शिवसागर शर्मा निर्वाचित भएका छन् । शनिबार राजधानीमा भएको सातौँ महाधिवेशनमा भएको निर्वाचनमा शर्माले ३ सय २३ मत ल्याएर विजयी भएका हुन् ।

यसैगरी शनिबार विभिन्न पदहरूमा सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा मातृका शिवाकोटी, उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ, बुद्धिप्रसाद अधिकारी र सरोज मास्के निर्वाचित भएका छन् ।

यस्तै महासचिवमा विष्णुप्रसाद पौडेल, उप-महासचिवमा अर्जुनकुमार आचार्य, कोषाध्यक्षमा ताराराम श्रेष्ठ, सचिवमा महेश शर्मा र शम्भु लामिछाने विजयी भएका छन् ।

उता महिला सचिवमा कोपिला गिरी तथा सह-कोषाध्यक्षमा रविन बराल निर्वाचित भएका छन् । निर्वाचनले ३८ जनाको कार्यसमिति चयन गरेको छ । दुई दिनसम्म चलेको महाधिवेशनले लेखा समिति संयोजकमा कृष्णराम कार्कीलाई निर्वाचित गरेको छ ।

प्रतिक्रिया