स्वास्थ्य मन्त्री सिंहद्वारा नैनपुर अस्पतालको अनुगमन

सिरहा । मधेश प्रदेशका स्वास्थ्य मन्त्री वीरेन्द्र प्रसाद सिंहले सिरहाको धनगढीमाई नगरपालिका स्थित नैनपुर अस्पतालको स्थलगत अनुगमन गरेका छन् । स्वास्थ्य मन्त्री सिंहसहितको टोलीले पूर्व पश्चिम राजमार्गस्थित नैनपुर अस्पतालको आकस्मिक कक्ष, वार्ड , ल्याब , बन्दै गरेको नयाँ भवनको भौतिक संरचना लगायतको स्थलगत अनुगमन गरेका हुन ।

अनुगमनको क्रममा मन्त्री सिह सग नेपाली कांग्रेस सिराहा जिल्ला सभापति रामचन्द्र यादव , धनगढीमाई नगरपालिकाकी उप मेयर संगिता चौधरी, लाहान अस्पतालका मेसु लगायतका टोलीले स्थलगत अनुगमन गर्दै अस्पतालको समस्याहरू बुझेका थिए । मन्त्री सिंहले आफूले अस्पतालको समग्र विकासको लागि अति आवश्यक वस्तुहरूको आपूर्तिमा सहयोग गर्ने बताए ।

धनगढीमाई नगरपालिकाका उपमेयर संगिता चौधरीले अस्पतालको समग्र विकासका लागि ध्यानाकर्षण गराउदै औषधी, मेडिकल सामग्री, बेड लगायतको सामग्री थप्नु पर्ने भन्दै मन्त्री सिंहको ध्यानाकर्षण गराए ।
नेपाली कांग्रेस सिरहा जिल्ला सभापति रामचन्द्र यादवले नगरमा अस्पतालको रूपमा रहेको नैनपुर अस्पतालको अवस्थामा सुधार आउन जरुरी रहेको बताउदै धनगढीमाई १४ स्थित रहेको स्वास्थ्य केन्द्रमा औषधी , बेड लगाएत अति आवश्यक सामग्री लगायतको सामग्री थप्नु पर्ने मन्त्री सिंहको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया