आर्थिक हिनामिना गरेको भन्दै क्यामपस प्रमुखको राजीनामा माग

सिरहा । सिरहामा आर्थिक हिनामिना र गैरजिम्मेवारी काम गरेको भन्दै क्यामपस प्रमुखको राजीनामाको माग गरिएको छ । जिल्लाको रामप्रताप रामप्रसाद तामाड़ जनता बहुमुखी क्याम्पस गोलबजारका प्राध्यापकहरूले प्रमुख किसोर साहको राजीनामा माग गरेका हुन् । उनीहरुले क्याम्पस प्रमुख साहको क्रियाकलापले गर्दा क्याम्पसको साख घट्दै गइरहेको आरोप लगाएका छन् ।

कार्यरत प्राध्यापकहरुप्रति नाकारात्मक ढंगले प्रस्तुत भएको र सहायक क्यामपस प्रमुखहरुलाइ दिएको जिम्मेवारी प्रति बेवास्ता गरेको भन्दै राजीनामा माग गरेका छन् । क्यामपस प्रमुख साहले विद्यार्थीबाट उठ्ने शुल्क क्याम्पसको खातामा राख्नुपर्ने रकम व्यक्तिगत खातामा मगाई आर्थिक हिनामिना गरेको उनिहरुले आरोप लगाएका छन । यस सन्दर्भमा प्रमुख साहलेले आफू माथि लगाइएका आरोपहरु निराधार रहेको बताए ।

प्रतिक्रिया