मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा २७ रनले पत्रकारको टीम पराजित

रौतहट । रौतहटको ईशनाथ नगरपालिकामा आज भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा २७ रनले ईशनाथ नगरपालिकाको कर्मचारी टीम बिजयी भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूदेव झा नेतृत्वको टीमले नेपाल पत्रकार महासंघ रौतहटको टीमलाइ २७ रनले पराजित गरेको हो ।

ईशनाथ नगरपालिकामा जारी रहेको मेयर कप क्रिकेट प्रतियोगिता फाइनल खेलको पूर्व सन्ध्यामा आयोजना गरिएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नगरपालिकाको कर्मचारी टीम विजयी भएको हो ।
टस जितेर पहिलो पटक बलिङ गर्ने निर्णय गरेको कर्मचारी टीमले निर्धारित २० ओभरको खेलमा १३ ओभरमा सवै बिकेट गुमाउदै १०२ रनको स्कोर खड़ा गर्न सफल भएका थिए । कर्मचारीको टीमबाट प्रमुख प्रशासकीय अधिकृत भूदेव झाले सर्वाधिक १३ रनको व्यक्तिगत योगदान दिएका थिए ।

क्रिकेट खेलमा बढ़ी रूचि देखाउने झाले खेलमा राम्रो प्रदर्शन समेत गरेका थिए । कर्मचारी टीमले पत्रकार टीमलाइ दिएको १०३ रनको सामान्य लक्ष्यलाइ पत्रकार टीमले प्राप्त गर्न नसकेर २७ रनले पराजित भएको हो ।

कर्मचारी टीमले १३ ओभरमा १० विकेटको क्षतीमा गरेको १०३ रनको लक्ष्यको पूरा गर्न बलिङ गर्न उत्रेका पत्रकारको टीमले १९ ओभर १ गेन्दमा ७५ रनमा अल आउट भएर २७ रनले पराजित भएको छ ।

कर्मचारी टीमका क्याटेन प्रमुख प्रशासकीय अधिकृत भूदेव झा ले मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता मार्फत खेलकूदको विकासमा अहम् योगदान दिनु पर्ने सन्देश प्रवाह गर्ने उदेश्यले राज्यको चौथो अंग मानिने पत्रकार बीच मैत्रीपूर्ण क्रिकेट खेलको आयोजना गरिएको बताएका छन ।

प्रतिक्रिया