रिपोर्टिङको क्रममा दुई पत्रकारमाथि हातपात

सिरहा । रिपोर्टिङकै क्रममा पत्रकार दिपेनकुमार मण्डल र क्यामेरा म्यान बलिराम दासमाथि हातपात तथा दुर्व्यवहार भएको छ । समाचार संकलनका लागि नवराजपुर गाउँपालिका– ३ वाडा कार्यलयमा पुगेका एबी न्युजका पत्रकारलाई त्यही वाडाका अध्यक्ष बन्सिलाल यादवले हातपात तथा दुर्व्यवहार गरेको पीडित पत्रकारले बताएका छन् ।

नवराजपुर गाउँपालिका– ३ को समग्र विकास कृषि, स्वास्थलगायतको अवस्थाबारे समाचार संकलनका लागि पत्रकार मण्डलले दिउँसो करिब १ बजे आफू त्यहाँ पुगेको बताए ।

स्वतन्त्ररुपमा सञ्चारकर्ममा जुटेका पत्रकार मण्डललाई उक्त वाडाका अध्यक्षबाट हातपात तथा धम्कीपूर्ण हर्कत हुनु निन्दनीय रहेको पीडितको भनाइ छ ।

एबी मिडिया हाउसका अध्यक्ष निरजकुमार यादवले उक्त घटनाबारे सिरहा जिल्ला पत्रकार महासंघ तथा जिल्ला प्रहरीलाई खबर गरेको बताए । उनले संविधानले सुनिश्चित गरेको पत्रकारको स्वतन्त्रता र अधिकारको ख्याल गर्न र स्वतन्त्ररुपमा समाचार संकलन गर्ने क्रममा कसैले हातपात गर्ने तथा धम्की दिने काम गर्न नहुने बताए ।

प्रतिक्रिया