समाचार लेखेकै कारण ज्यान मार्ने धम्कि दिनु प्रेस स्वतन्त्रता विरोधि कार्य – प्रेस सेन्टर सर्लाही

सर्लाही । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीले भ्रष्टाचारको विषयमा समाचार लेख्दा ज्यान मार्नेसम्मको धम्कि आएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । प्रेस बिज्ञप्ति जारी गर्दै प्रेस सेन्टरले समाचार लेखेकै भरमा ज्यान मार्नेसम्मको धम्कि दिनु प्रेस स्वतन्त्रता विरोधि कार्य भएको जनाएको हाे ।

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीले सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति असहमति वा चित्त नबुझे त्यसको खण्डन गर्ने र त्यसबिरुद्ध कानुनी उपचार खोज्ने प्रावधान हुँदाहुँदै समाचार लेखेकै कारण पत्रकारमाथी गाली गलौज गर्नु, अपशब्द प्रयोग गर्नु, अगंभंग गरिदिने तथा ज्यान मार्नेसम्मको धम्कि दिएको घट्ना लोकतान्त्रिक शासन व्यवस्थामा प्रेस स्वतन्त्रता विरोधि कार्य भएको जनाएको छ ।

प्रतिक्रिया