राष्ट्रिय सभालाई प्रतिपक्ष र सत्तापक्षको जुधाइँको चेपुवामा पर्न दिनु हुँदैन : देवकोटा (भिडियाे)

काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले प्रतिनिधिसभामा भएको प्रतिपक्ष र सत्तापक्षको जुधाइँको चेपुवामा राष्ट्रिय सभालाई पर्न दिन नहुने बताएका छन् । फागुन २० गतेबाट पदावधि सकिन लागेका सांसद खिमलाल देवकोटालेले अनुभव सुनाउँदै प्रतिपक्ष र सत्तापक्षको जुधाइँको चेपुवामा राष्ट्रिय सभामा पर्न दिन नहुने बताएका हुन् ।

‘राष्ट्रिय सभाको गरिमा बढाउने काम सभा सदस्यहरूको हो। कुनै पनि नयाँ विषयमा निर्णय लिनुभन्दा अघि प्रयाप्त छलफल गर्नु जरुरी छ, ‘उनले भने,’ संसदमा सरकारको छाया पर्न दिनुहुँदैना । प्रतिपक्ष र सत्तापक्षको जुधाइँको चेपुवामा राष्ट्रिय सभा पर्न दिनु हुँदैन ।’

राष्ट्रियसभा बैठकमा संसद र संसदीय समितिलाई अवज्ञा गर्ने मन्त्रीहरूलाई बर्खास्त गर्नुपर्ने विषय उठेको छ । प्रधानमन्त्रीले बर्खास्त गर्ने विधि बसाल्नुपर्नेमा सांसदले जोड दिए । फागुन २० गतेबाट पदावधि सकिन लागेका सांसद खिमलाल देवकोटाले बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै अवज्ञा गर्ने मन्त्रीहरूलाई बर्खास्त गर्नुपर्ने सुझाव दिएका हुन् ।

‘संसद र समितिलाई अवज्ञा गर्ने मन्त्रीलाई प्रधानमन्त्रीले बर्खास्त गर्ने विधि बसाल्नुपर्यो । तर, यसका लागि ‘फ्याक्ट एन्ड फिगर’ रिसर्च हुनुपर्छ,’उनले भने,’ मन्त्रीले अवज्ञा गर्यो भनेर भन्ने होइन । ‘फ्याक्ट एण्ड फिगर ‘ रिसर्च बेस हुनुपर्‍यो । रिसर्चको युनियन छ। यसलाई बलियो बनाउनुपर्छ भन्ने मेरो सुझाव छ ।’ देवकोटासहित २० जना सांसदको कार्यकाल यही फागुन २० गतेबाट सकिदैछ। रिक्त हुने पदमा एक महिना अगावै निर्वाचन भइसकेको छ।

प्रतिक्रिया