बाराबाट १५ किलो गाँजासहित तीन जना पक्राउ

बारा । प्रहरीले बाराबाट १५ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिमरौनगढबाट खटिएको प्रहरी टोलीले मंगलबार राति करिब १५ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको हो ।

सिमरौनगढ़ नगरपालिका– ४ गंगानगरस्थित बारागढीबाट भारततर्फ जाँदै गरेको ना ३८ प १४११ नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्दा १५ किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पक्राउ पर्नेमा बारा जिल्ला आदर्श कोतवाल गाउँपालिका– ३ बतरा बस्ने वर्ष २७ का संजय गिरी, रौतहटको फतुवा विजयपुर नगरपालिका–३ मेवा बस्ने वर्ष ५० का रामानन्द साह र सोही ठाउँ बस्ने वर्ष ४५ का चुलहाई महरा रहेको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।

पक्राउ परेका तिनै जनालाई लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरी अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया