टी– २० आई सिरिज : नेपाललाई नेदरल्याण्ड्सले दियो १८५ रनको लक्ष्य

काठमाडौं । त्रिकोणात्मक टी– २० आई सिरिजअन्तर्गत आजको दोस्रो खेलमा नेदरल्याण्ड्सले नेपाललाई जितका लागि १८५ रनको लक्ष्य दिएको छ । नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेपछि नेदरल्याण्ड्सलाई पहिला ब्याटिङको निम्तो दिएको थियो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १८४ रन बनाएको हो । नेदरल्याण्ड्सका लागि माइकल लेभिटले अर्धशतक बनाए । उनी ५४ रनमा आउट भए । स्याब्रान्ड एंगेलब्रेक्ट अर्धशतक पूरा गर्नबाट १ रनले चुके । उनी ४९ रनमा नट आउट रहे ।

स्कट एडवार्डस व्यक्तिगत ३३ रनमा आउट भए । पहिलो रन पूरा गरेरका स्कट एडवार्ड्सले दोस्रो रन पूरा गर्ने क्रममा जम्पका साथ उत्कृष्ट ड्राइभ गरके थिए । तर अम्पायर देवेन्द्र सुवेदीले रन आउटको संकेत गरे । दीपेन्द्रसिंह ऐरीको थ्रो बल विकेटकिपर आशिफ शेखले अघि बढेर रन आउट गरे । अब केही बेरमा नेपाल जवाफी ब्याटिङमा उत्रने छ ।

पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको नेपाललाई दोस्रो खेलमा जित निकाल्न पर्ने दबाब छ । उता नेदरल्यान्डस भने नेपाललाई हराउँदै सिरिजमा सुखद सुरुवात गर्ने योजनामा छ ।

सिरिजमा भोलि (बिहीबार) नेदरल्यान्ड्स र नामिबिया भिड्नेछन् । यही फागनु १८ गते नेपालले नामिबियासँग दोस्रो खेल खेल्नेछ भने १९ गते आफ्नो अन्तिम खेलमा नेदरल्याण्ड्ससँग भिड्नेछ ।

सिरिजको अन्तिम खेलमा फागुन २० गते नेदरल्यान्ड्स र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ । शीर्ष २ मा रहने टोलीले फाइनलमा पुग्नेछन् । फाइनल खेल २२ गते हुने तालिका छ ।

प्रतिक्रिया