जबरजस्ती करणीको अभियोगमा एक जना पक्राउ

सिरहा । सिरहामा जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको धनगढीमाई नगरपालिका–१० बस्ने ३७ वर्षीय अशाराम दासलाई २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

दासले ती युवतीलाई ललाई फकाई आइतबार बेलुकी सोही नगरपालिका– १० धनगढीस्थित आँपको बगैचामा लगेर जबरजस्ती करणी गरेको उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उक्त उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलीले दासलाई पक्राउ गरेको हो । घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया