दैलेख । दैलेखमा फागुन १७ देखि २८ गतेसम्म हुने महोत्सवको तयारी तीव्र पारिएको छ । उघोग वाणिज्य संघ दैलेखको आयोजनामा हुने तेस्रो कर्णाली प्रादेशिक औद्योगिक व्यापार मेला तथा दैलेख महोत्सव–२०८० सुरु हुने मिति नजिकिदै जाँदा तयारीसमेत तीव्र पारिएको दैलेख उद्योग वाणिज्य संघ दैलेखका महासचिव प्रकाश पौडलले बताए ।
घरेलु उत्पादनलाई विशेष जोड दिइएको महोत्सवमा व्यवसायीक, होटल साथै कृषि उत्पादन गरी १८० स्टल राखिने महासचिव प्रकाश पौडेलले जानकारी दिए । महोत्सवको उद्घाटन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले गर्ने तयारी भइरहेको छ ।
महोत्सवमा स्थानीय र राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुतिसमेत रहने उनले जानकारी दिए । यस्तै महोत्सवमा राखिएका स्टलहरूमा तरकारीका बिउ बिजन, स्थानीय कच्चा पदार्थबाट निर्मित मालसामानहरू लगायत सूचना प्रविधिसम्मको प्रर्दशनिमा गर्ने व्यवस्थापन मिलाइएको दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष कुलबहादुर बिकले बताए । महोत्सव काडाँचौरको खुल्ला मैदानमा हुनेछ ।
महोत्सवमा जिल्लास्तरीय दोहोरी प्रतियोगिता समेत सञ्चालन हुने मेलाका कला संयोजक कुमार प्याकुरेलले बताए । महोत्सवले व्यवसायहरुलाई मात्रै नभई यहाँको पर्यटन कला, साहित्य र संस्कृतिलाई समेत टेवा पुर्याउ उनको भनाइ छ । महोत्सव अवधिभर दैलेख जिल्लाका विभिन्न पालिकामा रहेका कला सास्कृति,लहेर पैचरी नाच, मारुनी, गर्रा नाँच, ढाल तरबार, हुड्के नाँच, नृत्य सहितका झाँकी प्रस्तुत गरिने छ ।
प्रतिक्रिया