सिरहा । सिरहामा एक शिक्षकले विद्यार्थीलाई कुटेपछि विद्यार्थीले रिसमा विष पिएको घटना सार्वजनिक भएको छ ।
जिल्लाको गोलबजार नगरपालिका– ४ स्थित श्री जनता नमुना माध्यमिक विद्यालय, गोलबजारमा कार्यरत शिक्षक शशी साहले विद्यार्थीलाई कुटेपछि दुई जना विद्यार्थीले शौचालयको फोहोर सफा गर्ने फिनेल पिएपछि बेहोस भएका छन् ।
बेहोस भएका विद्यार्थीहरुको उपचार भुमिजा अस्पताल गोलबजारमा भइरहेको इलाका प्रहरी कार्यलय गोलबजारले
जनाएको छ ।
उक्त घटनाबारे सत्य तथ्य अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय गोलबजारका प्रहरी निरीक्षक सुनिल कार्कीले बताए । विद्यालयमा यसअघि पनि कयौँ पटक कुटपिटको घटना भइरहँदा समेत सम्बन्धित निकायहरु मौन रहेको बताइएको छ ।
प्रतिक्रिया