सिरहा । सप्तरीमा रु पाँच लाख भन्दाबढीको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस भारदहबाट खटिएको टोलीले पूर्वबाट पश्चिमतर्फ गइरहेको यात्रुवाहक बसबाट बिल बिजक नभएको अन्दाजी मूल्य रु ५,३१२०० बराबरको ६६४ थान लेडिज टप्स (कुर्थी) बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गरेको उक्त कपडा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी बल नेपाल न। ६ गण हे।क्वा सप्तरी का सूचना अधिकारी सशस्त्र प्रहरि नायब उपरीक्षक मोहनराज बिष्टले बताए ।
प्रतिक्रिया