बझाङमा फागुन १३ देखि १८ गतेसम्म दादुरा–रुवेला खोप अभियान

बझाङ । बझाङ जिल्लामा फागुन १३ देखि १८ गतेसम्म दादुरा–रुवेला खोप अभियान सञ्चालन हुने भएको छ ।
शनिबार सदरमुकाम चैनपुरमा जिल्ला स्वास्थ कार्यालय बझाङको आयोजनामा दादुरा–रुवेला खोप अभियानसमन्धी सञ्चारकर्मी र सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा खोप अभियानबारे जानकारी गराइएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय बझाङका कार्यालय प्रमुखले जिल्लाभरी रहेका ९ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकाहरुलाई दादुरा–रुवेला खोप लगाइने र सबैले आ–आफ्ना बालबालिकाहरुलाई पायक पर्ने स्थानमा गएर खोप अभियानमा सहभागी हुन आग्रह समेत आग्रह गरे ।

प्रमुख उनले २०२६ मा नेपालमा दादुरा–रुवेला रोग नियन्त्रण गर्ने नेपाल सरकारको लक्ष्य रहेको हुँदा कोही पनि छुट्न नहुने र छुटेको भए घर घरमै गएर खोप लगाइदिने बताए । साथै उनले यो खोप लगाउँदा बाल मृत्युदर समेत कम हुने हुँदा यो अभियानमा सबै सहभागी हुनुपर्ने बताए ।

यो खोप अभियान जनस्तरसम्म पुर्याउन सञ्चार माध्यम र पत्रकारको महत्वपूर्ण भूमिका रहने हुँदा सञ्चार माध्यमहरुमा खोपको उपयोगिताबारे समाचार, सन्देश प्रसारण गर्नुपर्ने र यो अभियानलाई सहयोग गर्नुपर्ने नेपाल पत्रकार महासंघ बझाङका निवर्तमान अध्यक्ष जगदीश रोकायाले बताए ।

कार्यक्रममा खोप अभियान सञ्चालन अवधिको चरण, प्रचारप्रसारका लागि स्थानीयस्तरबाट गर्न सकिने क्रियाकलाप, जिल्ला तथा स्थानीयस्तरमा जनशक्ति परिचालन तथा खोप केन्द्रको बारेमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया