सिरहा नगरपालिकामा सूर्तिजन्य पदार्थ विक्री वितरणमा प्रतिबन्ध

सिरहा । सिरहा नगरपालिकामा बिषालु औषधी र सूर्तिजन्य पदार्थ विक्री वितरण पालिका भित्र नगर्न-नगराउन कार्यापालिकाले निर्णय गरी प्रतिबन्ध गरिएकाे छ । आत्महत्याको घटना र कुलतमा फसिरहेका बालबालिका तथा युवाहरुलाई बचाउन नगरपालिका भित्र रहेको पसलहरुमा पान मसाला, गुटका, पानपराग, रजनिगन्धा, राज निवास, चुरोट, सुर्तिजन्य पदार्थ विक्री वितरण गर्न पाउने छैनन् भने निर्णय गरिएको छ । निर्णय मा यदि यस्ता पदार्थ विक्री वितरण गरेको पाएमा कानून बमोजिम कारवाही र जरिवाना हुने हुने नगरपालिकाले निर्णय गरेको छ ।

त्यस्तै ,नगरपालिका भित्र संचालनमा रहेको औषधी पसलहरु बिषालु किसिमको औषधी वडाको सिफारिसमा मात्र विक्री वितरण गर्न पाइनेछ । जनप्रतिनिधिहरुले लिएका निर्णय केही दिनमै कार्यन्वयन हुने सिरहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले बताए । अब नगरपालिकाले पत्र तथा विभिन्न सञ्चार माध्यमबाट जनचेतना गराई विक्री वितरण रोक्न अनुरोध गर्ने यादवले बताए । त्यसपछि पालिकाको अनुरोध पालन नगरे कानून बमोजिमको करवाही हुने बताए । नगरपालिकाका निर्णयलाई नगरवासिहरुले स्वगत गरेका छन ।

प्रतिक्रिया