सिरहामा प्रहरीकाे जनचेतनामूलक कार्यक्रम

सिरहा । पछिल्लो समय सिराहा प्रहरीले विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमहरु गरिरहेका छन् ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमको अवधारणा अनुरुप जिल्ला प्रहरी कार्यालय सिरहा मातहातका प्रहरी कार्यालयहरुले विद्यालय तथा वडाहरुमा जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेका हुन् ।

इलाका प्रहरी कार्यालय लहान सिराहाले जिल्लाको लहान नगरपालिका– १५ स्थित रहेको श्री सगरमाथा माध्यमिक विद्यालय ढोढ्नामा लागुऔषध दुर्व्यसन तथा अवैध ओसारपसार विरुद्धको सचेतनामूलक कार्यक्रम गरेका छ्न् ।
त्यस्तै प्रहरी चौकी सितापुर सिरहाले लक्ष्मीपुरपतारी गाउँपालिका– ६ स्थित श्री जनता आधारभूत विद्यालय देवाडी सितापुर सिरहाको कक्षाकोठामा बालविवाह विरुद्धको सचेतनामूलक कार्यक्रम गरेका छ्न् ।

अर्नमा गाँउपालिका– ३ स्थित रहेको पुन्यलाल मदनलाल श्रेष्ठ माध्यमिक विद्यालय अर्नमा सिरहाको कक्षाकोठामा इलाका प्रहरी कार्यालय अर्नमा सिरहाले ‘मानव बेचविखन तथा ओसारपसार विरुद्धको सचेतनामूलक कार्यक्रम’ सम्पन्न गरेका छ्न् । विद्यालयका प्रधानाध्यापकहरुको अध्यक्षतामा सम्पन्न भएको ‘प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम’मा प्रहरी कर्मचारीहरु, विद्यालयका शिक्षक–शिक्षिका तथा छात्र–छात्राहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया