चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

सिरहा । सिराहामा चोरी मुद्दामा ३ महिना कैद र पाँच हजार रूपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेका छन् ।

जिल्लाको धनगढीमाई नगरपालिका १० बस्ने बासुदेव कामैतको छोरा वर्ष ३२ को रामनाथ कामैतलाई प्रहरीले पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा ई.प्र.का. धनगढीबाट खटिएको प्रहरी टोलीले धनगढी चोकबाट फरार प्रतिबादी कामैत लाई पक्राउ गरी ई.प्र.का. लहानमा बुझाईएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया