पीडितको पक्षमा देखिएन बारा प्रहरी

न्यायको लागि भौतारिदैँ मण्डल

कलैया । कुनै पनि सवारी दुर्घटनमा पीडित र पीडकलाई राखेर सहमती गराइ क्षतिपूर्ति भराएर मिलापत्र गराउनु पर्नेमा बारा प्रहरीको भूमिका त्यस्तो नभएको भन्दै एक पीडकले गुरासो गरेका छन् ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६३ (३) न बमोजिमको कसुर, सवारी दुर्घटनाबाट पर्न गएकोमा राज्यबाट पीडितले न्याय पाउँछन् । तर, बारा कलैया उपमहानगरपालिका–१२ सितलपुर बस्ने २२ वर्षको राजनप्रसाद मण्डलले भने न्याय नपाउदा काका रमेशप्रसाद मण्डल जिल्ला प्रहरी कार्यालय बारामा धाउदा धाउदै हैरान भएका छन् ।

२०८० साउन २२ गते बेलुका ५ः३० बजेको घटना हो । पीडित राजन मण्डल कामको सिलसिलामा प्रदेश २–०३–००७ प को मोटरसाइकलमा सर्लाहीको मलङंवा गइरहेको अवस्थामा बाराको देवताल गाउपालिका –६ बेनौली चौकको सर्बजनिक सडकमा पुग्दा बिपरित दिसाबाट आएको प्रदेश २–०२–०००१प. ७४७४ न. को मोटरसाइकलले ठक्कर दिइ राजनको अनुहार, आँखा माथिको भागमा चोट लाग्नका साथै तीन वटा दाँत भाचिो । दुर्घटनमा उनको शरिरको अन्य बिभिन्न भागमा समेत चोट पटक लाग्यो ।

दुर्घटनमा परी बेहोस भएका उनलाई नजिकै रहेको बेनौली प्रहरीको सहयोगमा प्रादेशिक अस्पताल कलैयामा लगियो । उनको त्यहा उपचार सम्भव नहुदा थप उपचारको लागि राजलक्ष्मी रिलिफ होस्पिट्ल कलैया लगियो र त्यहाँ उपचार गराए ।

तीन वटा दाट भचिएका उनी थप उपचारका लागि लागि बिरगंज स्तित एमबि केडिया कलेजमा उपचार गराउदा १,६९,२५६ रूपैया र मोटरसाइकल मर्मत सम्भार खर्च ७०,००० हजार खर्च भएको उनले बताए ।
दुर्घटनमा घाइते भएका उनले उपचारका क्रममा गरेको खर्च र मोटर साइकल बनाएको क्षतिपूर्ति कतैबाट पाएनन् । जिल्ला प्रहरी कार्यलाय बाराले आफूलाई क्षतिपूर्ति दिलाउनुको साटो उल्टै विपक्षी हरी किशोर सहनीको मोटरसाइकल समेत छोडेकोले उनले न्यायको लागि पत्रकार सामु आफ्नो गुनासो पोखेका छन् । पीडितका काका रमेशले भतिजले भोगेको पीडा र प्रहरीले गरेको असहयोग भावुक हुँदै सुनाए ।
पीडित रमेश मण्डलले पहुँच हुनेले मात्रै न्याय पाउने गरेको भन्दै भने, ‘हामी गरीब र निमुखा काहाँ जाने ? पहिलाको एसपी साहेब तिमीले न्याय पाउछौ भन्दा आलि मन खुशी भएको थियो ।’

उनका अनुसार उनलाई ठक्कर दिने माटरसाइकल चालक अनुसन्धानको सइ भएको कारण न उनले क्षतिपूर्ति पाए न पीडकलाई कुनै कारबाही भयो । ‘मैले उपचारका लागि गाउँका साउ महाजनबाट लिएको सापटी पैसा फर्काउन नसकेर निकै समस्या भएको छ,’ उनले भने । प्रहरीले पनि साथ न दिने र घटनाका छानविन गरी कारबाही न हुने हो भने कानुन प्रहरीको के काम ? उनले भने ।
दुर्घटना पछि पीडितको सहमती बेगर दुर्घटना गराउनेको मोटरसाइकल छोडेकोले उनी निकै निरास छन् । कुनै पनि दुर्घटनमा दुवै पक्षलाई राखेर क्षतिपूर्ति भराइ पीडितको सहमतीमा पीडकको सवारी साधन जिम्मा लगाउन पर्नेमा बारा प्रहरीको भूमिका सकारात्मक देखिएको छैन ।

प्रतिक्रिया