बारा । नक्कली नोटले सामान किन्ने क्रममा बारामा एक जना पक्राउ परेका छुन् । निजगढस्थित हाट बजारमा एक हजारको नक्कली नोट दिएर सामान खरिद गरिरहेको बेला इलाका प्रहरी कार्यालय निजगढबाट खटेको प्रहरीको टोलीले एक जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा बारागढी गाउँपालिका– २ दौर्वा टोल बस्ने दिपेन्द्र माझी रहेका छन् । पक्राउ परेका माझीले नक्कली नोट लिएर सामान खरिद गरिरहेको सूचना पाएपछि प्रहरीले बजार पुगेर उनलाई नियन्त्रणमा लिएको थियो ।
माझीलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ अन्तर्गत मुद्रासम्बन्धी कसुरमा थप अनुसन्धान चलाउन अदालतबाट पाँच दिनको म्याद थप्प गरेर प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया